दोलखामा मोदी र ओलीको पुतला दहन

दोलखामा मोदी र ओलीको पुतला दहन

दोलखा :  भारतको मोदी सरकारको विरोधमा सोमबार साँझ दोलखाको सदरमुकाम चरिकोटमा राँके जुलुस प्रदर्शन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । 

    
लिपुलेकमा नेपाली भूमी अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा नेपाल विद्यार्थी संघ दोलखाद्वारा राँके जुलुस प्रदर्शन गरि मोदी र ओलीको पुत्ला दहन गरिएको नेवि संघ दोलखाका नेता सुरेश गौतमले जानकारी दिए । 'लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, नालायक सरकार राजीनामा दे, सीमा मिच्न पाइँदैन' जस्ता नारा लगाउँदै नेवि संघका युवा हातमा राको लिएर नारावाजी गर्दै सातदोबाटो चोक पुगेका थिए । 
 उनीहरुले दोलखा सदरमुकामस्थित काँग्रेस पार्टी कार्यालयदेखि नाराजुलुस गर्दै सातदोबाटो चोकमा पुगेर मोदी र ओलीको पुत्ला दहन गरेको नेता गौतमले जानकारी दिए । आफ्नो भूमी मिचिंदासमेत सरकारले पत्तो नपाउनु भनेको देश र नेपाली जनताप्रतिको अपमान भएको आरोप लगाउँदै नेविसंघले राँके जुलुस निकालेको गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.