कलाको अनलाइन प्रशिक्षण

कलाको अनलाइन प्रशिक्षण

काठमाडौं : नेपाल ललितकला पत्रकार समाज सोफाजले कलाका आधारभूत आयाम तथा इतिहासका विषयमा आयोजना गरेको अनलाइन प्रशिक्षण कार्यक्रम समाप्त भएको छ। लकडाउनले घरभित्रै थुनिएका कलाकार, लेखक तथा कला पत्रकारबीच कलाका आधारभूत विषयमा प्रशिक्षण तथा छलफल आयोजना गरिएको हो। तीन दिनसम्म चलेको अनलाइन प्रशिक्षणमा कलाका विभिन्न विषयमा छलफल चल्यो।

बिहीबार कलाका कुराअन्तर्गत पूर्व इटहरीका मूर्तिकार विक्रम श्रीसँग स्थानीय कलाको विषयमा छलफल गरिएको थियो। कलाकार तथा पत्रकार देवेन्द्र तुम्खेलीले सञ्चालन गरेको कार्यक्रममा रूपन्देहीका चित्रकार हर्षबहादुर रम्तेलसँग अनुभव साटासाट गरिएको थियो। ‘मूर्ति बनाउनेहरूले काठ किन्न पाएका छैनन्, त्यस्तै ढुंगा, मेटलजस्ता साम्रगी पनि सकिएको छ’, उनले भने।

यस्तै, स्थानीय तहका जनप्रतिनिधि तथा चित्रकार हर्षबहादुर रम्तेलले पनि अप्ठ्यारोमा परेका कलाकारलाई स्थानीय तहले सहयोग गरिरहेको बताए। शनिबार कला क्षेत्रमा कलम चलाउँदै आएका लेखक तथा पत्रकारलाई कलाका आधारभूत ज्ञान प्रदान गरिएको थियो। कला लेखक देवेन्द्र तुम्खेलीले नेपाली कलाको विकास क्रम, रूपान्तरित हँुदै गएको चित्रकारिता, पछिल्लो समय कलामा भएको परिमार्जनलगायतका विषयमा जानकारी गराएका थिए।

सोमबार भने कलाका आधारभूत आयाम र आवश्यक तत्‍वका विषयमा छलफल गरियो। कला दृश्य भाषा भएकाले यसलाई हेर्न लायकको बनाउनै पर्ने बताउँदै तुम्खेलीले कला भित्रका लाइन, स्पेस, स्पर्श, व्यक्तिको भाषा, संकेत, आयाम आदि विषयमा जानकारी दिए। चित्रमा प्रयोग गरिने प्रकाश र छायाँले कलाको तेस्रो आयामलाई छुट्ट्याउने उनको भनाइ थियो।

सोफाजका अध्यक्ष केशवराज खनालका अनुसार लकडाउनमा पनि घरमै बसेर सक्रिय भइरहेका कलाकारसँग प्रत्यक्ष जोडिन अनलाइन छलफल कार्यक्रमको सुरु गरिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.