गृहजिल्लामै मन्त्री अर्यालको पुत्ला दहन
स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नेपालको नक्सामा ‘लिम्पियाधुरा छैंन’ भन्ने अभिव्यक्तिप्रति चापाकोटमा विरोध प्रर्दशन भएको छ।
नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको आयोजनामा यहाँका युवाहरुले बिरोध प्रर्दशन गरेका हुन्। चापाकोट नगर परिक्रमा गर्दै युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री अर्यालको सोमबार साँझ पुत्ला दहन गरेका हुन्। लिम्पियाधुरा, कालापानी र लिपुलेकका बारेमा विवादास्पद भनाई राखि नेपालको नक्सामा थिएन, भन्ने जस्ता भनाई संचारमाध्यममा आउनु दु:खद रहेको बताउदै मन्त्रीको गैरजिम्मेवारीपना बिरुद्धमा पुत्ला दहन गरिएको तरुण दलका सदस्य विश्वास पुरीले बताए ‘एक जिम्मेवार मन्त्रीले मुलुकको संवेदनशीलतामाथि वेवास्ता गर्दै दिएको अभिब्यक्तिले हामी सबै नेपाली नागरिकलाई दुखी तुल्याएको छ ’ उनले भने।राष्ट्रवादका कुरा गरेर नथाक्ने प्रधानमन्त्री केपी ओलीले नै राष्ट्रघात गरेको भन्दै उनको पनि पुत्ला दहन गरेको नेपाल बिद्यार्थी संघ चापाकोटका अध्यक्ष महेश भट्टराईले बताए। नेपालको भूमि भारतले गरेको अतिक्रमणविरुद्ध चापाकोटमा युवा, बिद्यार्थी तथा स्थानीय नागरिकले बिरोध प्रर्दशन गरेका छन्।