१०१ वर्षमा सत्यमाेहन

१०१  वर्षमा सत्यमाेहन

काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशी मंगलबार १०१ वर्ष पुगेका छन् । १९७७ साल वैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मिएका  संस्कृतिविद् जोशीले मंगलबार १०१ औं जन्मदिन मनाएका हुन् । 

गतवर्ष  ललितपुर महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जोशीको जन्मशताब्दी मनाएको थियो । कोरोना कहरका कारण देशभर लकडाउन भएकाले उनको जन्मोत्सवमा सार्वजनिक कार्यक्रम भएन । 

त्रिचन्द्र कलेजबाट स्नातकसम्म अध्ययन गरेका जोशी २०१५ सालमा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक नियुक्त भएका थिए । 

उनका १० वटा प्रबन्ध तथा अनुसन्धानात्मक कृति, पाँच पाँचवटा नाटक र कथा संग्रह, दुईवटा काव्य तथा नेवारी भाषामा विविध विधाका पुस्तक गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् । जोशी तीन पटक मदन पुरस्कार पाउने एक मात्र साहित्यकार हुन् । तस्बिर : सुनिता डंगोल 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.