मानसिक रोगीमा देखियो कोरोनाको संक्रमण

मानसिक रोगीमा देखियो कोरोनाको संक्रमण

मलंगवा : सर्लाहीको पूर्वी क्षेत्रमा रहेको हरिपूर्वा नगरपालिकामा एकजनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ। योसँगै सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या दुई पुगेको छ। 

हरिपूर्वा नगरपालिका–३, धनकौल गाउँका ४५ वर्षीय एकजना पुरुषको पीसीआर पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। २६ गते  जनकपुरमा  पीसीआर टेस्ट गरिएको थियो। त्यहाँ निगेटिभ आएपछि उनलाई घरमै राखिएको थियो। मंगलबार टेकुबाट पीसीआर टेस्ट पोजिटिभ आएको हो। संक्रमित व्यक्ति मानसिक रोगी रहेको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए। 

काठमाडौंबाट पीसीआर टेस्ट पोजिटिभ आएपछि राति नै उनलाई खोज्न प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ लगायत सुरक्षा अधिकारी एवं स्वास्थ्कर्मीहरुको टोली धनकौल गाउँ पुगेर उनलाई जनकपुरतर्फ पठाएको प्रजिअ जिसीले जानकारी दिएका छन्। 

संक्रमित व्यक्ति मानसिक रोगी भएकाले घरबाट बाहिर निकाल्न निकै समस्या भएको प्रहरी उपरीक्षक विश्वमणी पोखरेल जानकारी दिए। घरबाट निकाल्न करिब ३ घण्टा लागेको थियो। क्याचिङ रडले घरमा तानेर गाडीमा हालेर बिहान २ बजे प्रादेशिक अस्पताल जनकपुर पठाएको हो। परिवारमा रहेका श्रीमती र ४ छोराछोरीलाई पनि त्यहिँ बनाइएको क्वारेन्टाइनमा राखिएको प्रहरी उपरीक्षक पोखरेलले बताए। 

मानसिक रोगी भएर यताउता हिडेपनि उनको नजिकमा कोही नजाने भएकाले अरुमा संक्रमण फैलिने सम्भावना कम रहेको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिएका छन्।  कपाल पालेको, लुगाहरु च्यातेको अवस्थामा मागी खाएर हिड्नेको नजिक कोही जादैंन कसरी संक्रमण भयो थाहा हुन सकेको छैन।

यसअघि जिल्लाको दक्षिण–पश्चिम क्षेत्रस्थित धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय किशोरमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.