कोरोनाको इपिसेन्टर प्रदेश-२ : ७ जिल्लाका ९४ संक्रमित

कोरोनाको इपिसेन्टर प्रदेश-२ : ७ जिल्लाका ९४ संक्रमित

जनकपुरधाम : प्रदेश-२ को सिरहा बाहेक सबै जिल्लामा कोरोना (कोभिड–१९) संक्रमित भेटिएको छ। धनुषा र महोत्तरी जिल्ला गरी चार जनाको कोरोना पोजिटिभ रिपोर्ट सार्वजनिक भएको छ। धनुषामा तीन र महोत्तरीमा एक गरी कुल चार जनाको कोरोना पोजिटिभ रिपोर्ट सार्वजनिक भएको हो।

प्रदेश २ स्थित कोरोनाको इपिसेन्टर पर्सा ८२, बारा ३, रौतहट ३, सर्लाही १, महोत्तरी १, धनुषा ३, सप्तरीमा १ जनामा कोरोना संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश २ को ८ जिल्ला मध्ये सिरहा जिल्लामा हाल सम्म कोरोनाको केश फेला परेको छैन्।

मंगलबारसम्म झण्डै ४ हजार पिसिआर स्वायव संकलन गरिएका मध्ये प्रदेशमा ९४ जनामा पोजिटिभ देखिएको छ। संक्रमितहरुलाई जनकपुरधाम स्थित प्रादेशिक अस्पताल, बिरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताल, महोत्तरीको जलेश्वर अस्पताल बाराको कलैया अस्पतालमा संक्रमित राख्ने व्यवस्था गरिएको छ।

प्रदेशभर १७९ क्‍वारेन्टाइन सेन्टरमा ४ हजार १ सय ९८ बेड क्षमता छ। जसमा हाल १ हजार ४ सय ६८ जना क्वारेन्टाइनमा छन्। ४ हजार ५ सय २२ जना होम क्‍वारेन्टाइनमा छन्। आइसोलेशन बेडमा जम्मा ४० जना छन्। प्रदेशभरि आइसोलेसन बेडको क्षमता ३०२ रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.