आर्यघाटमा ओली र मोदीको पुत्ला दहन
फिदिम : नेपाल विद्यार्थी संघ पाँचथरले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ। भारतले नेपाली भूमी हडप्दापनि सरकार नबोलेको भन्दै नेविसंघले बुधबार दिउँसो हेँवाखोलाको आर्यघाटमा दुई देशका प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।
फिदिम बजारमा दुई प्रधानमन्त्रीको पुत्ला बनाएर अत्यैष्टिका लागि आर्यघाट लगिएको नेबिसंघ पाँचथरका अध्यक्ष तुलसी आचार्यले बताए। ‘पुत्ला यात्रासहित आर्यघाटमा पुगेर अत्येष्टि गरिएको हो,’आचार्यले भने ‘मिचाहा छिमेकी देशका प्रधानमन्त्री र सीमा मिच्दा पनि नबोल्ने प्रधानमन्त्री हामीलाई चाहिएको छैन्।
पुत्ला दहन कार्यक्रममा विद्यार्थीहरुले नाराबाजी समेत गरेका थिए। उनीहरुले लिपुलेक, कालापानी, लिम्पियाधुरालगायत मिचिएका भूभाग तत्काल फिर्ता नगरे आन्दोलनको आँधीभेरी ल्याउने घोषणा गरे।