क्‍वारेन्टाइन व्यवस्थापनकै बजेट आएन

क्‍वारेन्टाइन व्यवस्थापनकै बजेट आएन

इलाम : आठ सय ८० वेडको क्‍वारेन्टाइन बनाउने तयारीमा जुटेका इलामका स्थानीय सरकारले प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष बजेटको माग गरे पनि त्यो रकम नपाएको जनाएका छन्। बैशाख ७ मा बसेको विपद व्यवस्थापन केन्द्रको बैठकले आठ सय ८० वेर्ड निर्माण र खानाको व्यवस्थापनका लागि मन्त्रालयसँग ६८ लाख ९४ हजार ४८० रुपयाँ माग गरे पनि कुनै रकम नआएको केन्द्रले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले मन्त्रालयले प्रकृयामा रहेको जानकारी गराए पनि बजेट प्राप्त नभएको बताए। उनले तत्काललाई स्थानीय तहहरुले नै बजेटको व्यवस्था गरेर काम चलाई रहेको उनले बताए। स्थानीय तहहरुले स्थापना गरेको कोष मार्फट क्‍वारेन्टाइन व्यवस्थापन गरेको तहहरुले जनाएका छन्।

केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाका दश स्थानीय तहमा २ हजार वेडको क्‍वारेन्टाइन बनाउने निर्णय गरेको छ। केन्द्रले क्‍वारेन्टाइन निर्माण र खाना सहितमा १ करोड ५० लाख लाग्ने भन्दै प्रदेश सरकारसंग सो रकम माग गरेको पोर्तेलले जानकारी दिए। केन्द्रले जिल्ला बाहिर रहेका करिब ५ हजारको सख्यामा जिल्ला प्रवेश गर्ने तेस्रो मुलुक, भारतसहितमा रहेका नागरिकको परिक्षणका लागि स्वास्थ्य सामग्री नरहेको भन्दै आरडिटि किट, थर्मल गन, पिपिइ, सेनेटाइजर, माक्स, ग्लोब्स लगायतका सामग्री उपलव्ध गराउन प्रदेशको सामाजीक विकास मन्त्रालयमा माग गरेको पोर्तेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.