नेपाल भित्रनेलाई एसएसबीको सहयोग !

नेपाल भित्रनेलाई एसएसबीको सहयोग !

इटहरी : कोरोना संक्रमण भित्रन नदिन नेपालभरका सीमा क्षेत्रमा सतर्कता बढाइएको दाबी गरिरहँदा नेपाल भित्रिनेलाई भने एसएसबीकै सहयोग हुने गरेको खुलेको छ। भारतबाट नेपाली खेतबारी हुँदै छिरिरहेको स्थानीय बताउँछन्।

सुनसरीको हरिनगरमा पर्ने सीमावर्ती बजार घुस्कीका हसरद अन्सारीका अनुसार सशस्त्रले सीमा क्षेत्रमा कडाइ गरे पनि मानिस आउने क्रम रोकिएको छैन। ‘घुस्कीमा त छैन, तर, अन्यत्रबाट आएको सुनेको छु’, उनले भने, ‘खुला सीमाका कारण मानिस छिरिहाल्छन्।’ सीमा क्षेत्रमा सशस्त्र प्रहरीले अस्थायी टेन्टसमेत राखेर सुरक्षा दिइरहेको छ। तर खेतबारीमा काम गर्ने बहानामा खेतको आली हुँदै नेपाल छिर्नेको संख्या रोकिएको छैन। उनका अनुसार केही दिनदेखि उक्त क्षेत्रमा लकडाउन खुकुलो बनाइएको छ। किसानलाई मलबिउका साथै आवश्यक सामान किनबेच गर्न दिइएको छ। चहलपहलका बीच भारतबाट नेपाल आउनेले मौका पाउने उनी बताउँछन्। त्यसमाथि नेपाल भित्रन भारतीय सुरक्षाकर्मीले सहयोग गर्ने गरेको घटना सार्वजनिक हुन थालेपछि सर्वसाधारणमा त्रास बढेको हो।

सोमबार राति भारतको जोगबनीबाट १५ नेपाली नेपाल छिरेर मोरङ आइपुगेका थिए। भारतका विभिन्न ठाउँबाट जोगबनी आइपुगेका उनीहरूलाई भारतीय सुरक्षाकर्मीले नै सीमा कटाएको बताइएको छ। सुनसरी, मोरङ र झापाका ती युवालाई सम्बन्धित पालिकामा खबर गरेर क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ। भारतीय सुरक्षाकर्मीले नेपालतर्फ अलपत्र परेका भारतीयलाई भने छिर्न दिएका छैनन्। अन्य सीमावर्ती क्षेत्रमा पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा नेपाली धमाधम छिरिरहेको आशंका गरिएको छ।

‘एसएसबीको आँखा छलेर नेपाली छिरे भनेर पत्याउनै गाह्रो छ’ सशस्त्रको सीमा सुरक्षा भने प्रभावकारी रहेको बताउँदै सीमावर्ती कोशी गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले भनिन्, ‘नेपालतर्फ अहिले आउन जान दुवै कडा छ, तर नेपाल आउनेलाई भारतमा कडाइ गरिएको छैन।’ नेपाल भित्र्याउन भारतीय सुरक्षाकर्मीले सहयोग गरेको जानकारी भने आफूलाई नभएको पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल पकलीका डीआईजी नगेन्द्र थापाले बताए। ‘भारततर्फकाले सहयोग नै गरेको भन्ने थाहा भएको छैन’ उनले भने, ‘नेपालबाट विभिन्न कामको सिलसिलामा भारत गएका लुकिछिपी फर्किरहेका छन्।’

थाहा पाएसम्म पहिचान गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको थापाले जानकारी दिए। उनका अनुसार केही दिनअघि दैलेख घर भएका ३४ जना दार्जिलिङबाट फर्केर ईलाममा छिर्न खोजेका थिए। भारतीय सुरक्षाकर्मीको समन्वयमा उतै फर्काइएको उनले बताए। यस्तै इलामकै चारजना नेपाल भित्रिएपछि गाउँपालिकालाई भनेर क्वारेन्टाइनमा राखिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.