शिक्षण अस्पतालमा पहिलो पटक देखियो कोरोना : ६ वर्षीया बालिकामा संक्रमण

शिक्षण अस्पतालमा पहिलो पटक देखियो कोरोना : ६ वर्षीया बालिकामा संक्रमण

काठमाडौं : त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ। घाँटी दुख्ने समस्याले सताएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भेटिएको हो।

कपिलवस्तुबाट उपचारका लागि मंगलबार अस्पताल भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना भाइरस पोजिटिभ देखिएको कोभिड १९ म्यानेजमेन्ट टीमका संयोजक डा. सन्तकुमार दासले जानरी दिए। बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा स्वाब परीक्षण गरिएको हो।

काठमाडौंमा सबैभन्दा कम उमेरको व्यक्तिमा कोरोना देखिएको यो पहिलो पटक हो। त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गाले अहिले अस्पतालमा मिटिङ बसिरहेको उल्लेख गर्दै थप विवरण केही समयपछि सार्वजनिक गरिने बताए। बालिकालाई अहिले शिक्षण अस्पतालको आइसोलेसनमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.