अन्तिम साँझ
बोज्नियाली सैनिक जनरलको आदेश थियो, ‘जो हाम्रा मान्छे हैनन्, तिनलाई सीधै माटोमुनि गाडिदिनू।’
अघिल्लो दिन मात्र तल्लो गाउँमा ‘भागे भाग, नभागे चिहान खनेर बस्’ भनेर समाचार आएको थियो।
इभानले बाल्यकालमा गुरुले भनेको कुरा सम्झियो, ‘वंश, धर्म सब मारेर नै खत्तम पार्न खोज्छन् पापीहरूले, तर धार्मिक लडाइँ भनेको जङ्गलमा लागेको डढेलोजस्तै हो। केही समयपछि त्यहाँ तिनै रूखका नयाँ पालुवाले जङ्गल फेरि उस्तै हरियाली हुनेछ।’
हो त, यहुदीहरूलाई हिटलरले मारेर खोइ त सकेकोॽ अमेरिकाले इस्लाम कजाउन खोइ त सकेकोॽ हामी मुश्लिम पनि कहिल्यै सकिनेछैनौं। छिटै डढेलोपछिको पालुवा भएर फैलिन सकूँ भनी उसले घुँडा टेकेर अल्लासँग प्रार्थना गर्यो।
भेडा पाल्न सजिलो होस् भनी गाउँभन्दा निकै माथि बस्दै आएको उसलाई यो आपत्मा निकै अप्ठेरो भयो। धन्न शिक्षण पेशाबाट दिक्क भएका स्लोभानिज छिमेकी बन्न आएका थिए। आपत्का वेला यिनै साथी र सहारा बने इभानको। फुर्सदको समयमा उनी राखी (अनाजको रक्सी) पिउँथे। सिंगो बंगुर आगाको भुङ्ग्रोमा घुमाउँदै भन्थे- हामी विश्वकै आधुनिक छौं है धर्ममा।
उनले यसो भनेर मुश्लिम भईकन पनि बंगुर र रक्सी खाने कुरातर्फ संकेत गरेका थिए।
भाग्नु त अवश्य छ नै तर आफ्नो कमाण्डरको कुनै सूचना आएको थिएन साँझसम्म पनि। नोभेम्बरको पहिलो साता चिसो बढ्दै थियो। हिउँले बाटा फेरि पुरिँदै थिए। यस्तो चिसोमा वोइस्का राति आउने छैनन्। यस्तै सोचेर इभानले भएका भेडा खोरबाट सबै निकालेर जङ्गल खेद्ने विचार गर्यो। एक दुई तन्नेरी पाठा चाहिँ मारेर छोराछोरीलाई खुवाउने विचारले तान्दै ल्यायो ढोकासम्म। साँझमा खोरबाट जबरजस्ती निकालिनु पर्दा भेडाहरू घरनजिकैको पाखै थर्किने गरी कराए। शायद तिनीहरूसँग शब्द भएको भए आफ्ना पाठापाठीको जीवनदान माग्थे होलान्। खोरबाट निकालिनुको कारण सोध्थे होलान्। शब्दविहीन भेडाहरूले आवाज निकालेर अनुनय गरे होलान् र विरोध गरे होलान् तर मानिसले यो आवाजलाई ‘भेडा कराएको’ मात्र बुझिदिन्छन्।
ढोकाछेउमा बाँधिएका पाठापाठीले एकचोटि पनि आवाज निकालेनन्। शायद पशु पनि आवाज हराउने गरी डराउँदा हुन्। इभानले आफ्नो डल्लो टोपी भित्रै छाडेर केही हतियार लिएर निस्कियो। सानी छोरी जेनिसा पनि बाहिर निस्किई। आमा इल्दाले रोटी पोल्न छाडेर छोरीलाई भित्रैतिर अल्मलाउन खोजेकी थिई तर सकिन। बाबाले काट्न लागेको पाठो अँगालो हालेर जेनिसा चिच्याई, ‘नाइँ, नकाट्नुस्।’ उसकी दिदी मुबेराले पनि बाबालाई सम्झाई। नकाट्नु भनेर जेनिसा रुन थाली।
इभान हार्यो छोरीसँग। हातको हतियार कुखुराको खोरतिर फाल्यो। कुखुरा नराम्ररी तर्सिए। जेनिसाले आफ्नो सल पाठालाई ओढाइदिई र भित्र पसी।
आँगनमा नानीहरू नखेलेको धेरै भइसकेको थियो।
रातभर अल्लाको नाम जपेर परिवारै एकै डल्लो परेर बसे। टाढाटाढा बन्दुक पड्केको आवाजले नानीहरू ज्यादै डराएका थिए। गोरो अनुहार रातो भएको थियो। जेनिसा सानी भएकीले फ्रकमै पिसाब फेरिछ डरले। आमाले भित्रैबाट छोरीको फ्रक फाल्दिएर आफ्नो कपाल ढाकेको सल गुन्यूँ बनाइदिइन्। जाडोमा यसै पनि धेरै पिसाब लाग्छ, त्यसमाथि झन् डर थपिएपछि, सेनालेभन्दा धेरै पिसाबले सताउन थालेको थियो।
इभानले जस्तै स्लोभानिजले पनि आफ्ना सन्तानलाई झूट बोल्न सिकाइरहेका थिए, ‘तिम्रा बाआमा कता छन् भन्दा थाहा छैन भन्नू।’ उनी कुनै वेला साँचो बोल्नुपर्छ भनेर विद्यालयमा सिकाउँथे तर आज आफ्नै सन्तानलाई झूटो बोल्न दवाव दिँदै थिए। यसले उनी खिन्न थिए तर बाँच्न यो सबै गर्नु जरुरी थियो।
स्लोभानिजकी त झन् श्रीमती पनि उपचार नपाएर बितिसकेकी थिई। आखिर विरामी पर्दा मुश्लिमका लागि अस्पताल पनि त सुरक्षित थिएन। स्लोभाजिन श्रीमतीको मृत्युप्रति खुशी थिए। दुश्मनको अत्याचार खपेर मर्नुभन्दा यसरी मरेकोमा गौरव गर्नुपर्ने अवस्था थियो। ऊ बिमारको कारणले मरेकी थिई। आफू र बच्चाहरू बिना कारण मर्नुपर्नेछ भन्ने पीरले निकै पिरोलेको थियो।
रातभर अल्लाको नाम जपेर परिवारै एकै डल्लो परेर बसे। टाढाटाढा बन्दुक पड्केको आवाजले नानीहरू ज्यादै डराएका थिए। गोरो अनुहार रातो भएको थियो। जेनिसा सानी भएकीले फ्रकमै पिसाब फेरिछ डरले। आमाले भित्रैबाट छोरीको फ्रक फाल्दिएर आफ्नो कपाल ढाकेको सल गुन्यूँ बनाइदिइन्। जाडोमा यसै पनि धेरै पिसाब लाग्छ, त्यसमाथि झन् डर थपिएपछि, सेनालेभन्दा धेरै पिसाबले सताउन थालेको थियो। बत्ती त बालिँदैन नै थियो, अझ ठूलो आगो बाल्दा पनि उज्यालो देखेर वोइस्का आउलान् भनी इल्दाले थोरै दाउरा हाल्थी, अगेनामा र कोइला वरवर आफूतिर तानेर घर न्यानो बनाउन खोज्थी। जति रात सकिँदै गयो उति त्रासले छोप्न थाल्थ्यो। मानौं सूर्यको किरण उनीहरूका लागि घातक शत्रु सावित हुन्थ्यो। किनकि उज्यालो हुनासाथ सर्बियाली वोइस्काले घेर्न आउन सक्थे।
हामी टाढा जाने छैनौं, नडराई बस्नू। भोक त लागेकै छ तिमीहरूलाई। अरू भोक लागेमा, त्यो बेडमुनि च्यापेर राखेको केही रोटी छ, त्यही खानू। कत्ति पनि नअत्तालिनू। पानी पिउनू।’ इभानले यति भनिरहँदा जेनिसाभन्दा जेठो छोरो झन् धेरै डराएको थियो। उसको ओठ काँपेर ‘हस्’ भन्न पनि सकिरहेको थिएन। गोरो अनुहार कालोनीलो भएको थियो। उसले लामो कपाल झन् अगाडि अगाडि तानिरहेको थियो, मानौँ आँखा छोप्न पाए डर देख्नुपर्ने छैन। जेनिसाले एक हातमा रोटी र अर्को हातले दाजुको कमिज बेसरी अठ्याएकी थिई। इभानले अझै बच्चाहरूलाई सम्झाउँदै भन्यो, ‘अगेनामा दाउरा बाली बस्नू नि, नत्र जाडोले समाउनेछ।’
बच्चालाई ढाँट्न जति सिकाए पनि सिक्न सक्दैनन्। यसैले इभान दम्पती छोराछोरीलाई अगेना छेउ रोटीमा भुलाएर माथिल्लो तल्लामा चढ्न थाले।
हावा या मानिसले हो, बाहिर दाउराको चाङमाथि बाल्टिन खसेको आवाज घर भित्रसम्म छिर्यो। नानीहरू ‘आमा...’ भनेर चिच्याए। बच्चा अत्तालिएको सुनेर इल्दाले झण्डै हाम फालेकी थिई तर इभानले च्याप्प समातेर चल्नै दिएन। केही क्षणपछि मुटुले रोकेको गति बिस्तारै चल्न थाल्यो। आवाज यत्तिकै हरायो। हावा नै रहेछ।
त्यो दिन साँझसम्म पनि कतै होहल्ला सुनिएन गाउँमा। नत्र यो बेला खैलाबैला हुन थाल्थ्यो। बन्दुकको आवाजले पहाड काँप्थ्यो।
‘घर छोडेर जाऊँ यी साना नानीहरूलाई डोर्याएर कति टाढा पुग्न सक्निछ रॽ साथमा भएको गाडा पनि बिग्रिएर थन्किएको छ। भएको जेथा सबै साथमा लान पनि सम्भव छैन।’ स्लोभानिज बच्चाहरू डोर्याउँदै इभानसँगै बस्न आए।
‘जे पर्ला आजको रात काटेमा भोलि जङ्गलको बाटो हुँदै भए पनि भागौला।’ इभानले स्लोभानिजसँग राखी पिउँदै सल्लाह गरे।
सर्बियाली वोइस्काहरू त्यो साँझसम्म पनि आएनन्। मात्र पारीको गाउँमा फाट्टफुट्ट गोली पड्केको आवाज आयो। ‘एकछिन निदाउन पाए पनि केही सञ्चो हुने थियो।’ स्लोभानिजले भने। बच्चाहरू आमाको आडमा निदाए भने इल्दा लोग्ने इभानको सहारामा निदाई मध्यराततिर। स्लोभानिजलाई इभानले झकाउनसम्म दिएनन्। उनले भने, ‘केटाकेटी र महिला निदाए पनि हामी तैनाथ बस्नुपर्छ। कतिखेर के आइलाग्छ।’ उनीहरू वल्लोपल्लो कोठा नगई सबै अगेनाकै वरपर बसेका थिए।
उज्यालो भयो। बच्चाहरू त्यहीँ छोडेर स्लोभाजिन केही क्षणलाई आफ्नो घर गए। इभानले पाठापाठी बगालतिरै लखेटिदियो। जेनिसा पाखामा पिसाब फेर्दै उन्मुक्त पाठापाठी हेरेर खुब रमाई। इल्दाले आगो फुकेर रोटी तताउन लागेकी थिई। ठूली छोरी मुबेराले पनि आमालाई सघाई।
स्लोभानिच घरमा एक्कासी अत्तालिँदै आएर भने, ‘भाग्न छिट्टो तयार हुनू।’ कता जाने के गर्ने केही भनेनन्।
इल्दाले भएभरको सामान तन्नामा पोको कसेर भारी बनाएकी थिई। त्यो भारी श्रीमान्लाई बोकाई। छोरोले उसको फूटबल बोक्यो र जेनिसाले खेलौना बोकी। अगाडि नै तयार पारिएका जीउ सुहाउँदो पोको छोराछोरी र आफूलाई पनि तयार गरी इल्दाले। स्लोभाजिनका बच्चाकी आमा थिइनन्। त्यसैले उनीहरू रित्तै थिए।
स्लोभानिजले बारम्बार छिटो गर–छिटो गर भनेकाले मन झन् अत्तालिएको थियो। मानौँ एक भयानक जीव आउँदै छ या नजिकै आइसक्यो। स्थानीय एफ.एम. रेडियोले पनि ताजा खबर दिइरहेको थियो लडाइँको।
बाहिर निस्कनुअघि खोपामा राखेको पैसा सम्झियो इभानले। हडबडाउँदै निकालेर आधा आफैँ राख्यो र अरू बाँडिदिँदै भन्यो, ‘नखस्ने र अलिक जोहो हुने ठाउँमा राख्नू। हामी कतै छुटेमा यो पैसा काम लाग्ने छ।’ ‘हामी कहाँ जान्छौँॽ’ इल्दाले आफ्नो पातलो शरीरमा झन् कसिलो फ्रक कस्दै एकचोटि सोधी।
उज्यालो भयो। बच्चाहरू त्यहीँ छोडेर स्लोभाजिन केही क्षणलाई आफ्नो घर गए। इभानले पाठापाठी बगालतिरै लखेटिदियो। जेनिसा पाखामा पिसाब फेर्दै उन्मुक्त पाठापाठी हेरेर खुब रमाई। इल्दाले आगो फुकेर रोटी तताउन लागेकी थिई। ठूली छोरी मुबेराले पनि आमालाई सघाई।
‘अलिक शान्त शहर त जाग्रेब नै हो, त्यहीँ नै जाने होला।’ स्लोभानिजले पनि अलमलिँदै बोले, ‘तर बाटोमा छ्यापछ्याप वोइस्का भेटिने छन्। हामीले हाम्रो धर्म र कुन ठाउँबाट आएको भन्नै हुन्न है। सके म नै भन्ने छु सबै। तिमीहरू चुप रहनू। तर सोधी हालेमा मुश्लिम बाहेक जे मुखमा आउँछ त्यही भन्नू, बिर्सेर पनि मुश्लिम नभन्नू।’ यति भन्दै स्लोभानिज अगाडि लागे। उनका साथमा शरीरको कमिज, सुरुवाल र टोपी बाहेक केही थिएन।
गोलीको आवाज निकै परबाट आइरहेथ्यो। डर त सबैलाई लागिरहेथ्यो। तर इभान र स्लोभानिजले बच्चाहरूलाई ढाडस दिन नडराएको अभिनय गरिरहे। तर आफ्नै स्वर कपाइले उनीहरू स्वयं आजित थिए। अनुहार कसैको पनि उज्यालो थिएन। रातो नीलो भएको थियो। महिला र केटाकेटीहरू सकेसम्म सलले अनुहार छोप्ने कोसिस गरिरहेका थिए।
इभानले भन्यो, ‘अब वोइस्काहरू झन् झन् नजिक आइसके रे। सडकको बाटो भएर जान एकदम खतरा छ। शंका गर्नेबित्तिकै कारबाहीमा पारिहाल्छन्।’
सेनाको ‘कारबाही’ भन्नेबित्तिकै पुरुष जतिलाई गोली हानेर मार्ने र महिलाजतिलाई बलात्कार गरेर मार्ने भन्ने बुझिन्छ। इल्दा ‘कारबाही’ शब्द सुन्ने बित्तिकै भुइँमा थचक्कै बसी। इभानले साथी र आफ्नी दशवर्षे कलिली छोरीलाई हेरेर ‘वोइस्का...’ भन्दै दाह्रा किट्यो।
स्लोभानिजले भनिरहे- छिटो हिँड, छिटो। टोलका सबैलाई एकसाथ भाग्न बस व्यवस्था गरिएको छ।
इल्दा मूल बाटो हुँदै जान मानिरहेकी थिइन। तर चालीस वरपर उमेरको पुरुषमा साहस मनग्यै बाँकी हुन्छ नि। यसैले स्लोभानिज र इभानले पिश्तोल मुठीमा कस्दै भने, ‘हामी पनि मानिस हौं, अल्लाले यसै सिर्जेका होइनन्। मर्नु नै छ भने मारेर मर्नु बेश।’
अन्ततः उनीहरूलाई सबैले पछ्याउन करै लाग्यो।
पर माइक बज्न थाल्यो, ‘जति सक्दो चाँडो भाग्नू। सामान नबोक्नू। बसमा जतिसक्दो हाम्रा सबै मानिस अटून्। बजारमा बस राखिएको छ, आफ्नो आइडी लिएर त्यहाँ जानू।’
आधा घण्टा जति हिँडेपछि नजिकैको बजार बान्या लुकाको बसपार्क आयो। गाउँका मानिसहरू धेरै जम्मा भइसकेका थिए। आइडी कार्ड मात्रै बोक्नू भन्ने उर्दी आए पनि मानिसहरूले भने घरबाहेक सबै सामान बोकेका थिए।
सारायभोबाट सर्बियाली वोइस्का अर्थात् सैनिकका जत्था जेनिका भन्ने सानो शहरसम्म बोज्नियाली मुश्लिमहरूलाई मार्दै अगाडि बडेको खबर यत्रतत्र सुन्न थालियो। त्यसैले उनीहरू पिर्जेदोर शहरतर्फ जाने कुरा ग्रुप कमाण्डरले बताए। कमाण्डर कपाल आधा झरेर तालु खुइलिएको प्रौढ मानिस भए पनि उनी घाँटीमा झोल्लिएका छाला हल्लिने गरी ठूलो आवाज निकालेर मानिसहरूलाई सुझाइरहेका थिए, ‘नचाहिने सामान छोड्नू। बस कम छन्। सबैजना अट्नुपर्छ।’
हाइवेमा गाडीहरू गुडिरहेका थिए। मध्याह्नपछिको न्यानो सूर्यको उज्यालो प्रकाश एकै छिनमा औँसीको रात जस्तै भयो। त्यहाँ रुनेहरूका आँशु वर्षा जस्तै खसेका थिए। छुट्टिनेहरूका अनुहार र भाव ढुंगा माटा जस्ता निर्जीव भए। सन्नाटा र भयले आकाशको कालो बादल त्यही नजिकको पहाडमाथि मडारिँदै उत्तरतर्फ हुँदै बिलायो।
स्लोभानिज र इभानका परिवार बस चढिहाले। केही बेरमा तीनवटा बस त्यहाँबाट गुडे। अरू बसको पनि लस्कर थियो त्यहाँ। सबका अनुहारमा हतार र अतास देखिन्थ्यो। ज-जसको सपरिवार आए उनीहरू हिँडिहाले। परिवार छुट्नेहरू कुरेर बसेका थिए।
स्लोभानिजकी छोरीको गाला र हात बेसरी चिसोले फुटेका थिए। जेनिसाले मलम दलिदिई। उसको दाजुलाई रोटी खान दिई सिटबाटै तन्किएर। जाडोमा पनि उनीहरूको लुगा बाक्ला थिएनन्। उनीहरूका लुगा तयार गरिदिन आमा थिइनन् नि त। जेनिसाले आफ्ना दाजुको बाक्लो कोट स्लोभानिजका छोरोलाई दिन खोजी तर गुण्टामा अन्त कतै परेको थियो। जेनिसाले आफ्नो हात रगडेर उसका गाला न्यानो बनाइदिई। यस्तो माया गरेको क्षण देखेर स्लोभानिज इभानतिर हेर्दै आँखाभरि आँशु पारेर ङिच्च हाँसे। मुबेरा लजाई। छोरीमान्छे त हो, चेतनासँगै लाज पनि उम्रिसकेको हुन्छ उसको हृदयमा।
बस एम फोरको हाइवेमा जुलुजानी, रामिसी हुँदै अगाडि बढिरहेको थियो। अचानक पोत्कोजार्जी अगाडि एउटा सानो चर्चको छेउमा बसेका केही बन्दुकधारीले सबै बस रोकेर भित्र खान तलासी गरे। आइडी चेक गरे। तिनीहरूले नजिकैको कमाण्डरलाई गएर भने। केही साउती गरे। एकछिनमा बाटो मास्तिर लुकेर बसेका सबै सर्बियाली वोइस्का हतियार धारी बसभित्र पसेर सबैलाई सामान नलिएर बाहिर निस्कने आदेश दिए। हतियार भए पनि कसैले साथमा लिन पाएनन्। तीनैवटा बसमा बसेका एक सय हाराहारीका मानिस बाहिर उत्रिए। केटा या पुरुष एकातर्फ छुट्टाइयो र लगियो नजिकैको जंगलतिर। नानीका आमाहरू, केटी एकातर्फ छुट्टाइयो र सेनाको ट्रकमा हालियो।
हाइवेमा गाडीहरू गुडिरहेका थिए। मध्याह्नपछिको न्यानो सूर्यको उज्यालो प्रकाश एकै छिनमा औँसीको रात जस्तै भयो। त्यहाँ रुनेहरूका आँशु वर्षा जस्तै खसेका थिए। छुट्टिनेहरूका अनुहार र भाव ढुंगा माटा जस्ता निर्जीव भए। सन्नाटा र भयले आकाशको कालो बादल त्यही नजिकको पहाडमाथि मडारिँदै उत्तरतर्फ हुँदै बिलायो।
त्यहाँबाट ककसलाई कता लगियो पत्तो नै थिएन। त्यो साँझ यस्तो विकराल साँझ थियो जसले आफ्ना ससाना नानीलाई अँगाल्नसम्म पाएनन्।
बगालबाट छुट्याइएका पाठाझैँ कुनै पुरुषलाई बोल्न दिइएन। महिला र बच्चाहरू त बेसरी चिच्याइरहेका थिए, तर उनीहरूको चित्कार पनि पशुका आवाजमा परिणत गरियो। त्यो आवाजलाई अनुनय विनय केही बुझिएन सिर्फ ‘कराएको’ मात्र बुझिदिए उनीहरूले। मुबेरा सबैभन्दा धेरै कहालिएर चिच्याइरहेकी थिई। उसलाई वोइस्काले छुट्टै व्यक्तिगत कारमा कोचेर अन्तै गुडाए। उनको सेतो सल हावाले कारको झ्यालबाट माथि माथि अनिश्चित दिशातर्फ उडाउँदै थियो। आफ्ना नजिकका आफन्तलाई अन्तिम पटक छुनसम्म पाएनन्। अँगालोमा बाँध्नसम्म पाएनन्।
ती छुट्याइएका परिवारको भेट त्यहाँबाट कहिल्यै भएन।
[email protected]
(लेखक बोज्निया युद्धमा सहभागी थिए।)