धनगढीको राहतमा अनियमितता भन्दै स्थानीयको विरोधपछि अख्तियारको चासो

धनगढीको राहतमा अनियमितता भन्दै स्थानीयको विरोधपछि अख्तियारको चासो

धनगढी : धनगढी उपमहानगरपालिकाको राहत वितरणमा अनयमितता भएको भन्दै व्यापक विरोध भएपछि अख्तियारले चासो देखाएको छ ।

राहत वितरणमा कुहिएको चामल भेटिएपछि खरिद प्रक्रियामा अनियमिता भएको भन्दै स्थानीयहरुले चर्को विरोध गरेका थिए ।  राहत प्रक्ररणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले राहत सामग्री खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको छ । ‘राहत सामग्री खरिद प्रक्रियामा भएको अनियमितता बारे छानविन गर्न सबै कागजपत्र नियन्त्रणमा लिइएको छ’ अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले भने ।  उनले राहत खरिद प्रक्रियाका सबै कागजपत्रको प्रमाणित प्रतिलिपी नियन्त्रणमा लिईएको जानकारी दिए ।

उपमहानगरपालिकाले दुई करोड ६१ लाखमा राहत सामाग्री खरिदका लागि धनगढीकै ठाकुर ट्रेडलाई ठेक्का दिएको थियो । उक्त ठेक्कामा मिलोमतो भएको आशंका गरिएको छ । सप्लायर्सले आपूर्ति गरेको चामल कुहिएको भेटिएपछि विभिन्न वडाका स्थानीयले राहतको चामल फिर्ता गरेका थिए । उप–महानगरपालिकाले ठाकुर ट्रेड लिंकसँग २ करोड ६१ लाख रुपैयाँमा तीन हजार तीन सय क्विन्टल चामल, ८ सय क्विन्टल दाल लगायत सामाग्री आपूर्तिका लागि सम्झौता गरेको थियो ।

३ हजार ३ सय क्विन्टल चामल, ३ सय ९९ सय क्विन्टल दाल, २ सय ९ क्विन्टल नुन,२२ हजार ५ सय लिटर तेल, २ सय ६५ क्विन्टल चिनी र ५१ हजार ९ सय वटा सावुन लागी ठेक्का दिएको थियो । टेण्डरमा मध्य मसिनो चामल भनिए पनि अन्य गुणस्तर खुलाइएको छैन । चामल कुहिएको भेटिएपछि चामल आपूर्ति गर्ने फर्मलाई दुई लाख जरिवाना गरिएको छ ।
धनगढी उप–महानगरपालिकालाई खाद्यान्न आपूर्ति गर्ने ठाकुर ट्रेड लिंकलाई दुई लाख जरिवाना गरिएको हो । राहतको चामल कुहिएको फेला परेपछि ठाकुर ट्रेडलाई अनुगमन समितिले आपूर्तीकलाई दुई लाख जरिवाना गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.