मुस्ताङमा कोरोना परीक्षण किटको अभाव

मुस्ताङमा कोरोना परीक्षण किटको अभाव

जोमसोम : मुस्ताङमा कोभिड–१९ परीक्षण गराउने द्रुत परीक्षण (आरडिटी) किटको अभाव देखिएको छ ।

प्रदेश जनस्वास्थ्य निर्देशानालय पोखराले उपलब्ध गराएको १ सय २० थान आरडिटी किटमध्ये जम्मा ५० थान मात्र बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले विदेशबाट फर्किएका तथा पोखरा काठमाण्डौ लगायत स्थानबाट जिल्ला फर्किएकाको आरडिटी परीक्षण गर्ने भनिए पनि जिल्ला फर्किएकाको सख्या बढी भएकाले आरडिटी परीक्षण  गर्ने कार्यमा समस्या बनेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका कार्यालय प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।

यसअघि जिल्लालाई प्राप्त भएको आरडिटी किट, क्वारेन्टाइन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र केही विदेशबाट आएका व्यक्तिको कोरोना परीक्षणमा खर्च भएको स्वास्थ्य प्रमुख भण्डारीले बताए । जिल्लालाई किटको आवश्यकता बढी भएपनि सीमित थान उपलब्ध भएकाले परीक्षणका दायरा बढाउन समस्या परेको स्वास्थ्य प्रमुख भण्डारीले उल्लेख गरे ।

जिल्ला स्वास्थ्यले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपचार सामाग्रीको अभाव रहेको जनाएको छ । कार्यालयले जिल्लामा मास्क, सेनेटाईजर र ग्लोब्स लगायतको अभाव भएको बताएको छ ।

यसअघि जिम्मे फाउन्डेसन, सांसद र विभिन्न सरोकारवाला निकायले उपलब्ध गराएको कोरोना उपचार सामाग्रीको संकलन न्युन हुँदै गइरहेको स्वास्थ्य प्रमुख भण्डारीले बताए । तर कोरोना रोकथामका लागि पीपीईको मौज्याद सय थान बढी छ । मुस्ताङमा कोरोना भाइरसका विरामी भने देखा परेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.