आइसोलेशनका संक्रमितको गुनासो : पिउने पानी छैन, जेलमा बसे जस्तै भयो

आइसोलेशनका संक्रमितको गुनासो : पिउने पानी छैन, जेलमा बसे जस्तै भयो

जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचाररत कोरोना संक्रमितलाई समयमा पानी समेत उपलब्ध नगराएको बिरामीहरुले गुनासो गरेका छन् ।

बिरामीलाई मनतातो पानी दिनुपर्नेमा चिसो पानी समेत समयमा उपलब्ध नगराएको बिरामीले गुनासो गरेका हुन् । आइसोलेशनमा बसेका एक बिरामीले भने, ‘हामीलाई तातो पानी खुवाउनुपर्नेमा यहाँ त चिसो पानी समेत समयमा उपलब्ध हुँदैन ।’

अस्पतालको आइसोलेशनमा बसेका बिरामी विजय चौधरीले प्रशासनले चियामा समेत कञ्जुस्याईँ गरेको गुनासो गरे । उनले भने, ‘चिया, बिस्कुट त दिन्छन् तर चिया, चिया जस्तो लाग्दैन, न पानी हुन्छ, न चिया, अझ एउटै झोलामा राखेर खाना, खाजा, चिया, पानी, बिस्कुट दिन्छन्, सबैले त्यसैबाट आफैले निकाल्नुपर्छ, त्यसमा अझ जोखिम छ, एउटै पाकेटबाट चारजना बाँडेर खान्छौँ ।’

गत बुधबार पिसिआर रिपोर्टमा संक्रमण देखिएका चौधरीले मिनरल वाटर भनेर आफुहरुलाई कलको पानी खुवाएको पनि आरोप लगाए । उनले भने, ‘मिनरल वाटर भन्छन्, तर कलको पानी खुवाउँछन्, पानी त्यतिकै गन्हाउँछ ।’

प्रादेशिक अस्पतालको आइसोलेशमा राखिएका बिरामीहरुले आफुहरु बसेको कोठामा बाहिरबाट चुकुल लगाएर कैदीको जस्तो व्यवहार गरेको आरोप पनि लगाए । आइसोलेशन कक्षमा विगत तीन दिन देखि भर्ना भएका वीरेन्द्र रमणले २४ सैं घण्टा छत हेरेर दिन काट्न बाध्य बनाइएको आरोप लगाए ।

आइसोलेशन कक्षको सुरक्षार्थ खटिएका एकजनाले नाम नबताउने शर्तमा चिकित्सकले अह्राए आफू र आफु जस्तै कर्मचारीले चापाकलको पानी भरेर दिने गरेको स्वीकारे । उनले भने, ‘हामीलाई केही थाहा छैन, डाक्टर साहवहरुले जे भन्नुहुन्छ, हामी त्यही गर्छौं ।’ उनले बिरामीलाई पोषणयुक्त खाना दिनुपर्नेमा सामान्य दाल, भात र तरकारी नै दिने गरेको स्विकारे । उनले भने, ‘हामीलाई आफै यहाँ आउन डर लाग्छ, तर जागिर छ के गर्नु डाक्टर साबहरुले अह्राए, आउनुपर्छ ।’

प्रादेशिक अस्पतालस्थित आइसोलेशन कक्षमा खटिएकी एक नर्सले बिरामीलाई मित्रवत व्यवहार वातावरण निर्माण आवश्यक रहे पनि चिकित्सक बिरामीलाई हेर्न जान हिच्किचाउने गरेको बताइन् ।

उनले भनिन, ‘आइसोलेसनमा डाक्टर सा’बहरु बिरामीलाई कारागारमा प्रहरीले कैदीसँग गरेको व्यवहार जस्तै गर्छन् ।’ अस्पतालमा कार्यरत नर्सले चिकित्सकहरु पिपिई लगाएर पनि बिरामी नजिक जान नचाहने तर नर्सहरुलाई जबरजस्ती पठाउने गरेको उनीहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.