लमजुङ जिल्ला जेठ ५ गतेसम्म ‘सिल’ गरिने
बेंसीसहर : कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट लमजुङको शुक्रबार बसेको बैठकले जेठ ५ गतेसम्म लमजुङ जिल्ला सिल गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले जेठ २ गते राती १२ बजेदेखि ५ गते राती १२ बजेसम्म अत्यावस्यक कामको सवारी साधनबाहेक सबै आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
अब एम्बुलेन्स, शववाहन, दमकल र अत्यावस्यक कामका सवारी साधन मात्र जिल्ला भित्रिन पाउँछन् । औषधी तथा खाध्यान्न पसल पनि विहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।