भारतबाट नाकामा आएका कर्णालीबासीको उद्धार गरिँदै

भारतबाट नाकामा आएका कर्णालीबासीको उद्धार गरिँदै

सुर्खेतः भारतबाट नेपालको सीमा नाकासम्म आइपुगेका कर्णालीबासीको उद्दार गरिने भएको छ । प्रदेश सरकारले नाकासम्म आएका कर्णालीबासीको उद्दार गर्ने तयारी गरेको छ ।

यद्यपि उनीहरुको अनिवार्य आरडिटी परीक्षण गरेर मात्र प्रदेशभित्र प्रवेश गराइने छ । कर्णालीबाट रोजगारीका लागि करिव ८० हजार नागरिक भारतमा रहेको अनुमान गरिएको छ । त्यसमध्ये करिव २० हजार नागरिक तत्काल फर्किने आंकलन प्रदेश सरकारले गरेको छ ।

उनीहरुको उद्धारका लागि आवश्यक तयारी भइरहेको प्रदेश सरकारले जनाएको हो । भारतले रेल सेवा सञ्चालन गरेसँगै अधिकांश कर्णालीबासी नेपाल–भारत सीमामा आउन थालेपछि प्रदेश सरकारले उद्धार गर्ने तयारी गरेको हो ।

शुक्रबारसम्म नेपालगंज नाकामा करिव ६ सय कर्णालीबासी आइसकेको तथ्यांक प्रदेश सरकारसँग छ । यस्तै कञ्चनपुरस्थित गड्डाचौकी नाकामा पनि कर्णालीबासी आउनेक्रम बढेको छ । भारतबाट नागरिकहरु नाकासम्म आउनेक्रम बढेपछि शुक्रबार सम्पन्न कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले भारतबाट नाकासम्म आउने सबै कर्णालीबासीलाई उद्दार गर्ने निर्णय गरेको हो । सीमामा आएका नागरिकलाई नेपालगञ्ज र बबईमा अनिवार्य आरडीटी परीक्षणपछि मात्रै उद्धार गरिने आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिए ।

‘विगतभन्दा अब कर्णालीमा कोरोना संक्रमणको खतरा बढेको छ, विगतमा स्वदेश र केही भारतबाट आएकाहरुबाट खासै जोखिम थिएन, अब नयाँ आउनेबाट उच्च जोखिम छ । सरकारले जोखिमसँग जुध्नेगरी योजना बनाएर काम सुरु गरेको,’ मन्त्री भण्डारीले भने ।

भारतबाट आएकाहरुलाई प्रदेशको सीमा बबइमा परीक्षण गर्न थप डाक्टरसहितको टोली खटाउने गृहकार्य सरकारले गरेको छ । यस्तै बबइमा क्वारेन्टाइनमा राखिनेछ । आरडिटी परीक्षण नेगेटिभ आएमात्र उनीहरुलाई प्रदेशमा प्रवेश गराएर सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने छ ।

यदी परीक्षण पोजिटिभ आएको खण्डमा पनि उपचार गरिनेछ । विगतको अनुभवबाट पाठ सिक्दै अब क्वारेन्टाइनको बसाइमा कडाइ गर्ने र अपुग भएका स्थानमा क्वारेन्टाइन निर्माण गर्न पनि पालिकाहरुलाई प्रदेश विपद् व्यवस्थापन केन्द्रले निर्देशन दिएको छ । 

यस्तै बैठकले कर्णाली भित्रने मालवाहक सवारी साधनलाई २४ घण्टासम्म बबइ नाकामा रोक्ने निर्णय गरेको छ । सामग्रीमा कोरोना भाइरस हुनसक्ने भन्दै अनिवार्य नाकामा सवारी रोक्न जिल्ला विपद् व्यवस्थापन केन्द्रलाई बैठकले निर्देशन दिएको छ । खाद्यान्न र निर्माण सामग्री आवतजावतमा खुकुलो गरेको सरकारलाई बबईमा सवारी राक्दा कोरोना भाइरस नष्ट हुने भएकाले रोक्ने व्यवस्था गर्न चिकित्सकले सुझाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.