कर्ममा विश्वास गर्ने आशा

कर्ममा विश्वास गर्ने आशा

काठमाडौं : आशा भुसाल वर्तमान पुस्ताकी ती प्रतिनिधि पात्र हुन् जो आफ्नो क्षमताले स्वतन्त्र भएर रंगीन दुनियाँमा हराउन चाहन्छिन्। आफ्नो सानैदेखिको रुचि पूरा गर्न कलाका विभिन्न विधामा हराउन चाहन्छिन्। अनि, ग्ल्यामरको रंगीन संसारमा आफ्नो बेग्लै परिचय स्थापित गरेर एउटा उदाहरण बन्न चाहन्छिन्।

तँ चिता म पुर्‍याउँछु भने झैं आशाले देखेको सानैदेखिको सपनाले त्यतिबेला गति लियो जब उनले पहिलो पटक पर्दामा देखिने अवसर पाइन्। यो अवसरलाई उनले चुनौतीका रूपमा स्वीकारिन् र सफलतापूर्वक पूरा पनि गरिन्। त्यसपछि उनको अभिनय यात्राका पाहिला अनवरत अघि बढिरहे, कहिले नेपाली चलचित्रमार्फत त कहिले भोजपुरी।

पुख्र्यौली थलो सिन्धुली छोडेर उनका अभिभावक राजधानी छिरेपछि उनको पालनपोषण र शिक्षादीक्षा पनि यतै भयो। आशाले परिवारकै आग्रहमा स्कुले शिक्षा थापाथलीको सरकारी स्कुलबाट पूरा गरेकी हुन्। यसपछि श्रमिक शान्ति हाइस्कुलबाट १२ र कोटेश्वर मल्टिपल क्याम्पसबाट बीएड गरिन्। पढाइसँगै अभिनय यात्रालाई निरन्तरता दिइरहेकी उनको सोख नाच्न गाउन र अभिनयमै छ र यसैमा आफ्नो करिअर बनाउन चाहन्छिन्। भन्छिन्, ‘रुचिको क्षेत्र नै यही भएकाले मलाई यसमै रमाउन मन लाग्छ। मेरो रुचिमा परिवारको पूर्ण साथ र सहयोग भएकाले मलाई काम गर्न सजिलो भएको छ। मेरो रुचिमा सबैको समर्थन छ।’

फुर्सदमा घुम्न र गीत सुन्न मन पराउने आशा परिवारकी जेठी छोरी हुन्। उनका बुवाको आफ्नै व्यवसाय छ अनि छोरीको काममा पूर्ण समर्थन। अन्तरमुखी स्वभावकी उनलाई जस्तोसुकै भूमिका पनि सहज रूपमा निर्वाह गर्न सक्छु भन्ने आत्मविश्वास छ। भन्छिन्, ‘कलाकार भएपछि सबैखाले पात्रलाई न्याय गर्न सक्नुपर्छ। त्यसका लागि म सधैं तयार छु।’

आशाको कलायात्रा ‘सुनौलो बिहानी’ नामक टेलिफिल्मबाट सुरु भएको हो। उनी फिल्म ‘दुश्मनी’ बाट फिल्म नगरीमा औपचारिक रूपमा प्रवेश गरेकी हुन्। पहिलो फिल्ममा उनले गरेको अभिनयको प्रशंसा भएपछि लगातार काम पाउन थालिन्। ‘नयाँलाई त्यति सहज त थिएन तर मैले काम पाउन त्यति संघर्ष गर्नु परेन’, उनको सुरुआती अनुभव छ। त्यसपछि कलाकारका रूपमा उनको यात्राले निरन्तरता पायो जुन अहिले पनि जारी छ। ‘लभ इज लाइफ’, ‘समर्पण’, ‘सुनपानी’ लगायतका नेपाली फिल्ममा उनले अभिनय गरिन्। नेपाली फिल्ममा आफ्नो यात्रा जारी रहेकै बेला उनले केही भोजपुरी फिल्ममा पनि अभिनय गर्ने अवसर पाइन्।

उनले ‘हामतोई दिवानी होगइनी’, ‘साजनकी दिवानी’लगायतका भोजपुरी फिल्ममा उनले अभिनय गरिन्। ‘हामतोई दिवानी होगइनी’ मा उनले पारु, जमिरलगायतका कलाकारसँग स्क्रिन सेयर गरेकी थिइन्। यसको छायांकन, वीरगन्ज, चितवन र बिहारमा भएको थियो।

नेपाली फिल्म उद्योगकी सदाबहार नायिका करिश्मा मानन्धरबाट प्रभावित उनलाई स्वार्थी, झुट बोल्ने अनि विश्वासघातीहरू पटक्कै मन पर्दैन। धेरै स्टोज कार्यक्रमहरू प्रस्तुत गरेकी आशा भन्छिन्, ‘जीवनमा केही प्राप्त गर्नु छ भने सकारात्मक सोचले मेहनतपूर्वक कर्म गर्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.