पहिलोपटक अनलाइन काता प्रतियोगिता : धनगढीका जगत र खोटाङकी रोस्मा पहिलो

पहिलोपटक अनलाइन काता प्रतियोगिता : धनगढीका जगत र खोटाङकी रोस्मा पहिलो

भक्तपुर : देश कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउनमा छ । लकडाउनको कारण खेलाडी तथा प्रशिक्षक एवं निर्णायकहरु पनि घरभित्रै छन् । जसले गर्दा कुनै पनि खेलको प्रतियोगिता तथा बन्द प्रशिक्षण ठप्प रहेका छन् । खेलाडीहरुले आआफ्नो घरमा व्यक्तिगत ढंगले अभ्यास गरिरहे पनि प्रतियोगिता हुन सकेको छैन ।

देश लकडाउनमा रहेकै बेला सितेरियो करातेतर्फ काताको अनलाइन प्रतियोगिता शुक्रबार आयोजना गरिएको छ । नेपालको खेल इतिहासमा अनलाइनबाट प्रतियोगिता गरिएको यो नै पहिलो भएको दावी गरिएको छ । काठमाडौंस्थित शंखडोल डोजोले प्रथम शंखडोल खुला अनलाइन काता प्रतियोगिता गरिएको हो ।
जसमा पुरुषतर्फ २२ र महिलातर्फ ११ जना खेलाडीले अनलाइन भाग लिएको डोजोका प्रमुख प्रशिक्षक भीमराज कारञ्जितले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ कैलालीको धनगढी कराते डोजोका जगतसिंह धानुक प्रथम भए । काठमाडौंको बालाजु डोजोका धीरेश श्रेष्ठ दोस्रो र नरहरि डोजोका स्वर्णिम मानान्धर तेस्रो भए ।

त्यस्तै महिलातर्फ खोटाङ डोजोका रोस्मा राई प्रथम, धनगढी कराते एकेडेमीका वर्षा साउद दोस्रो र सरिता श्रेष्ठ तेस्रो भए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १२ हजार पाँचसय, ६ हजार पाँचसय र चार हजार नगद पुरस्कार प्रदान गरिएको मुख्य प्रशिक्षक कारञ्जितले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा लैनचौर डोजोका रेहान जावेद उदीयमान खेलाडी र सुर्खेतका प्रदीप राई भेट्रान खेलाडी घोषित भएका थिए ।

प्रतियोगिताको निर्णय पनि अनलाइनमार्फत नै गरिएको कार्यक्रम संयोजक सितेरियो करातेका राष्ट्रिय खेलाडी विजय लामाले जानकारी दिए । उनका अनुसार आठौं साफका स्वर्णपदक विजेता गंगाराम महर्जन र १३ औं साफका दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ सँगसँगै डोजोका प्रमुख प्रशिक्षक कारञ्जित र कार्यक्रम संयोजक लामाले अनलाइनमार्फत निर्णायकको भूमिका खेलेका थिए ।

प्रतियोगिता सञ्चालन गर्न आठौं साफका स्वर्ण पदक विजेता नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले विशेष सहयोग गरेको कार्यक्रम संयोजक लामाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.