लकडाउनका बावजुद मुस्ताङमा मेला, तर सामाजिक दूरी कायम गरिने

लकडाउनका बावजुद मुस्ताङमा मेला, तर सामाजिक दूरी कायम गरिने

जोमसोम : वर्षेनी मनाइने उपल्लो मुस्ताङको ऐतिहासिक तथा धार्मिक महत्वको परम्परागत तिजी मेला लकडाउनका बावजुद सोमबारदेखि सुरु हुने भएको छ ।

मेला तथा धार्मिक पूजापाठको तित्य कर्मका लागि जिल्लाभित्र भएका लामाहरुको जम्बो टोली लोमान्थाङमा जुट्न थालेका छन् । उपल्लो मुस्ताङको ऐतिहासिक तथा धार्मिक चिनारीको रुपमा स्थापित परम्परागत तिजी पर्व लोछोदिन समुदायकै साँस्कृतिक साझा पर्व मानिन्छ ।

तिजी पर्व तिब्बतीयन पात्रो अनुसार जेठ महिनामा सुरु हुन्छ । तिजी पर्व सञ्चालनको तिथि लामाहरुले नै तिब्बतीयन पात्रो हेरेर तय गर्छन् । पौराणिक धार्मिक ग्रन्थ अनुसार लामा दोर्जे सुनुको पुनर्जन्म आधारित तिजी मेलामा देखाइन सबै धार्मिक काय असत्यमाथि सत्यको वीजय प्रतिकको रुपमा मनाइने गरिन्छ ।

तिजी पर्व सदियौँदेखि मुस्ताङी राजखलकका बिष्ट समुदाय र उपल्लो मुस्ताङको साविक ६ गाविसका समुदाय मानिसले संयुक्त रुपमा मनाउने चलन छ । तिजी पर्व लोमान्थाङबासीले लगातार ४ दिन सम्म मनाउँछन् । अघिल्लो दिन लामाहरुबाट धार्मिक अनुष्ठानसहित पुजापाठ गरिन्छ भने त्यसपछिको तीन दिन लामाहरुबाट लामा दोर्जे सुनुको जीवनकथामा आधारित पूजापाठ तथा विभिन्न माक्स नृत्य देखाइन्छ ।

पूजामा करिव १ सय भन्दा बढी लामाहरुको उपस्थिति हुने गर्दछ । मेला लोमान्थाङको ऐतिहासिक राजाको दरबारमा सञ्चालन हुन्छ । नेपाल सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि देशव्यापी लकडाउन घोषणा गरेको दुई महिना भइसकेको छ । लकडाउनको अवधिभर २५ जना भन्दा धेरै एकै ठाउँमा भेला हुन नपाइने मापदण्ड तय गरिएको छ । तर मेलामा सहभागीहरुले लकडाउनको मापदण्ड अनुरुप सामाजिक दूरी कायम गरेरै बस्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.