रौतहटका सबै संक्रमित लकडाउनमा भारतबाट आएका

रौतहटका सबै संक्रमित लकडाउनमा भारतबाट आएका

रौतहट : स्वास्थ्य तथा जनसंखया मन्त्रालयले रौतहटका १० राजपुर र इशनाथ नगरपालिका भएका १० जनाका कोरोना संक्रमण रहेको आइतबार बिहान पुष्टि गरेको छ। उनीहरुको शुक्रबार स्वाब संकलन गरी परीक्षणका लागि लगिएको थियो।

सबै संक्रमित केही दिनअघि भारतबाट आएको खुलेको छ। पाँच दिनअघि उनीहरु भारतका विभिन्न शहरबाट एम्बुुलेन्स, ट्रयाक्टर, ट्रक चढेरसाथै पैदल हिडेर रौतहटको सिमानासम्म आइपुगेका थिए। नेपाल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राख्न पठाएको थियो।  सीमाबाटै सिधै क्वारेन्टाइनमा लगिएकाले परिवार तथा समुदायमा उनीहरुको सम्पर्क नभएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए।

दिनमा भारतबाट नेपाल प्रवेश गर्न खोज्नेलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राख्ने गरिएको छ। केहि दिनयता भारतबाट आएका ६२ जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

रौतहटको राजपुर नगरपालिका–९ का १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु भारतको मुम्बईबाट गएको चैत ३० गते रौतहट आएका थिए। फेला परेका संक्रमितसँगै २७ जना आएका थिए। उनीहरुको पीसीआर परीक्षण गर्दा ७ जनामा संक्रमण देखा परेको हो। उनीहरुलाई बैरिया क्वारेन्टाइनमा राखिएको छ। 

यस्तै इशनाथ नगरपालिका–३ र ५ वडाका २८, ३० र ३३ वर्षीय पुरुषहरु पनि भारतबाट नेपाल प्र्रवेश गर्न खोज्दा  सुरक्षाकर्मीले नियन्त्रणमा लिएर केही दिनअघि क्वारेन्टाइनमा बुझाएको थियो।

१० जना संक्रममितलाई उपचारका लागि वीरगन्ज लैजाने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।रौतहटमा संक्रमितको सख्या १३ पुगेको छ। यसअघि जिल्लाको बृन्दावन, इशनाथ र देबाहीगोनाही नगरपालिका ३ जनामा संक्रमण फेला परेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.