भारतको मुम्बईबाट आएकामा कोरोना संक्रमण

भारतको मुम्बईबाट आएकामा कोरोना संक्रमण

जनकपुरधाम : धनुषामा कोरोना संक्रमण हुनेहरुको संख्या सात पुगेको छ । जसमध्ये दुई जना महोत्तरी स्थायी घर भएका भनिए पनि जनकपुरमै बस्दै आएका छन् । एक जना संक्रमित भने काठमाडौंमा बस्दै आएका छन् । जनकपुर तथा काठमाडौं स्थित पिसिआर रिपोर्टबाट आएको तथ्याङ्क अनुसार धनुषामा कूल संक्रमित उपचाररत अवस्थामा चार जना रहेका 

शनिबार राति काठमाडौंबाट गरिएको पिसिआर रिपोर्ट अनुसार धनुषाका थप दुई जना संक्रमित भारतको महाराष्ट्र राज्य अन्तर्गत मुम्बईबाट आएका थिए । उनीहरु दुवै जना गत बैशाख ३० भारतीय सीमाबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । तर उनीहरु घरमा नगइ सिधै प्रदेश २ सरकारले धनुषाको नगराइन नगरपालिका गंगुली स्थित बनाएको क्वारेन्टाइन पुगेका थिए । 

कोरोना संक्रमित दुवै धनुषाको नगराइन नगरपालिका ९ घोडघासका हुन् । उनीहरु दुवैजनालाई गंगली स्थित प्रादेशिक क्वारेन्टाइनबाट प्रादेशिक अस्पताल स्थित जनकपुर नर्सिङ्ग क्याम्पसमा सञ्चालित आइसोलेशनमा राखिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.