१२६३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

१२६३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

सुर्खेत : लकडाउन अवधिमा जुम्ला भित्रिएका ११ हजार १७ मध्ये पीसीआर परीक्षण गरिएका १ हजार २ सय ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। गत मंगलबार सम्ममा ११ हजार १७ जना जुम्ला भित्रिएका जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

१ हजार २ सय ६३जनाको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो। जिल्ला भित्रिएका मध्ये १ हजार १ सय १५ जनामात्रै क्वारेन्टाइन बसेका थिए। क्वारेन्टाइन बसेका र अन्य केही शंकास्पद व्यक्तिको स्वाब संकलन गरिएको हो। सबैको रिपोर्ट नेगेटिभ आएपछि स्थानीय खुसी भएका छन्। उनीहरु जुम्लाका एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका ५ सय २१ बेडको क्वारेन्टाइन बसेका थिए।

अहिले १४ जनामात्रै क्वारेन्टाइनमा छन्। ५ सय १६ जना होम क्वारेन्टाइनमा रहेका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जुम्लाले दुई महिना अघिदेखि नै काम भएकाले नजिता सकारात्मक देखिएको उनको भनाइ छ। संक्रमण फैलिन नदिन लकडाउनलाई अझ कडा पारिने बञ्जाडेले बताइन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जुम्लामा पीसीआर उपकरण सञ्चालन नहुदै स्वाब पठाएर सुर्खेत र काठमाडौंमा परीक्षण गरिएका ३ सय ३९ जनाको रिपोर्ट पनि नेगेटिभ आएको बताए।

उनका अनुसार यसअघि थप २ सय ६२ जनाको स्वाब संकलन गरी आरडीटी परीक्षण गरिएको थियो। क्वारेन्टाइन बसेका सबैको नमुनाको रुपमा र्‍यापिट डाइगोनोस्टिक टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए। किट अभावका कारण सबैको पीसीआर परीक्षण गर्न नसकिएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.