दैलेखका पत्रकारको स्वाब संकलन

दैलेखका पत्रकारको स्वाब संकलन

दैलेख : दैलेखका १८ जना पत्रकारको स्वाब संकलन गरिएको छ । पहिलो चरणमा जिल्लामा कार्यरत १८ जना पत्रकारको स्वाब संकलन गरिएको हो ।  पीसीआर परीक्षणका लागि पत्रकारको स्वाबको नमूना संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताए ।

संकलन गरिएको स्वाब प्रयोगशालामा पठाइएको उनले बताए । नेपाल पत्रकार महासंघ दैलेखसँग समन्वय गरी स्वास्थ्य सेवा कार्यालय दैलेखले स्वाब संकलन गरी परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।

छुटेका पत्रकारको केही दिनपछि स्वाब संकलन गरिनेछ । आइतबार संकलन गरिएका स्वाबको रिपोर्ट सम्भवत् मंगलबारसम्म आउने सम्भावना रहेको डा. पन्तले बताए । 'स्वास्थ्यकर्मी, सुरक्षाकर्मीजस्तै अग्रपंक्‍तिमा रहेर जनतालाई सूचना सम्प्रेषण गर्ने पत्रकारको स्वाब परीक्षणको व्यवस्था मिलाएको पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले बताए । 

लकडाउन लम्बिँदै जाँदा र संक्रमितको संख्या अप्रत्यासित थपिँदै जाँदा पत्रकार पनि जोखिममा रहेको नेपाल पत्रकार महासंघ दैलेखका उपाध्यक्ष कृष्ण देवकोटा बताउँछन् । अघिल्लो साता वीरगंजका पत्रकारमा कोरोना संक्रमण भेटिएपछि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा १० वटै जिल्लामा कार्यरत पत्रकारको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न थालेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.