पेस्तोलसहित दुई युवा पक्राउ

पेस्तोलसहित दुई युवा पक्राउ

बर्दिबास : धनुषा शहिदनगर नगरपालिका—३ झण्डा चौकबाट कटुवा पेस्तोलसहित दुई युवा प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका—८ हरिनेका  १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनिलकुमार साह रहेको प्रहरीले जनाएको छ । 

अक्षयको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीन राउण्ड गोली बरामद भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख धिरजप्रताप सिंहले जनाए । 

ज.१२ प ५१६५ नम्वरको मोटरसाईकलमा सवार उनीहरुमाथि शंका लागेपछि प्रहरीले रोकेर चेकजाँच गरेको थियो । मोटरसाइकको पछाडि सवार अक्षयको साथमा हतियार र गोली भेटिएको थियो । पेस्तोल, गोली र मोटरसाइकलसहित गिरफतार गरिएका उनीहरुमाथि  जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको छ ।

 
 प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको  शादा पोशाकका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.