कोरोना अपडेट : कुन देशमा कति नेपालीको मृत्यु, कति संक्रमित ?

कोरोना अपडेट : कुन देशमा कति नेपालीको मृत्यु, कति संक्रमित ?

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) का कारण विदेशमा दुई सातामा ४७ नेपालीको मृत्यु भएको छ ।

बैशाख १४ गते शनिबारसम्म विदेशमा ४९ जना नेपालीकोे ज्यान गएकोमा जेठ ३ गते शनिबारसम्म ९५ जनाको मृत्यु भयो । गैरआवासाीय नेपाली संघ(एनआरएनए)का अनुसार यो साता बेलायतमा १२, संयुक्त अरब इमिरेट्स (युएई) मा तीन र साउदी अरबमा दुई नेपालीको ज्यान गएकोे छ ।

७७ पुरुष र १७ महिलाले विदेशमा कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार दुई सातायता ६ वटा देशमा नयाँ सक्रमण भेटिएको छ । वैशाख १४ गतेसम्म २४ देशका नेपालीमा संक्रमण भेटिएकोमा शनिबारसम्म ३० देशमा रहेका नेपाली संक्रमित हुन पुगेका हुन् ।

यद्यपि संघले समेत भारत लगायत सबै देशको तथ्यांक संकलन गर्न सकेको छैन । सरकारले पनि कुन देशमा कति नेपाली संक्रमितको मृत्यु भएको यकिन तथ्यांक राख्न सकेको छैन । हालसम्म विश्वभर दुई सय १० देशमा कोरोना भाइरस संक्रमण भएको देखिएको छ ।

एक सय १० देशमा नेपालीको बसोबास रहे पनि सबै देशमा कुटनीतिक नियोग र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय समिति छैनन् । कतिपय व्यक्ति खुल्न नचाहने भएकाले पनि कुन देशमा कति नेपालीमा कोरोनाको संक्रमण देखिएको छ भन्ने यकिन तथ्यांक सार्वजनिक हुन सकेको छैन ।

मुत्युदर बेलायतमा दोब्बर

कोभिड १९ बाट दुई साताको बीचमा बेलायतमा मृत्यु हुने नेपालीको संख्या झण्डै दोब्बर पुगेको छ । एनआरएनए अन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । दुई साताअघिसम्म बेलायतमा ३३ जना नेपलीको मृत्यु भएको थियो ।

दुई सातामा अमेरिकामा पाँच जना थप नेपालीले ज्यान गुमाएका छन् । बैशाख १४ गतेसम्म अमेरिकामा १० जनाले ज्यान गुमाएकामा शनिबारसम्म १५ जना पुगेका हुन् । विदेशमा ज्यान गुमाउने तेस्रो मुलुक संयुक्त अरब इमिरेट्स (युएई) मा ९ जना छन् । दुई साताअघिसम्म यहाँ दुईजना नेपालीको मात्रै मृत्यु भएको थियो । आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमामा पनि एक÷एक जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तो छ संक्रमितको फैलँदो दर

संघको स्वास्थ्य समितिका अनुसार विदेशमा ६ हजार सात सय ८१ नेपाली संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा धेरै संक्रमित कतारमा छन् । कतारमा दुई हजार पाँच सय नेपाली संक्रमित छन् । रोजगारी गुमाएर एउटै कोठामा १२÷१५ जना भन्दा बढी व्यक्ति कोचिएर बस्नुपर्दा भाइरसको त्रास बढ्दो क्रममा रहेको कतारमा कार्यरत कामदार बताउँछन् । वैदेशिक रोजगारीका क्रममा कतारमा झण्डै चार लाख नेपाली कार्यरत छन् ।

दुईसातामा अमेरिकामा ६ सय, बेलायतमा पाँच सय २१ नयाँ संक्रमित थपिएसँगै अमेरिकामा एक हजार ६ सय र  बेलायत १ हजार २ सय २१ सक्रमित छन् । पछिल्लो दुई सातामा साउदी अरब, कतार, बहराइन र युएईमा संक्रमण फैलिने क्रम बढ्दो क्रममा छ । संघका अनुसार बहराइनमा तीन सय ११, युएईमा दुई सय, कुवेत ८४, साउदी अरबमा ६ सय ७४ नेपाली सक्रमित छन् ।

त्यस्तै मलेसिया ४९, पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३, क्यानडा १३, अष्टे«लिया १२, जापान १०, माल्दिभ्स १०, बेल्जियम ६, स्वीडरल्याण्ड पाँच जना सक्रमित भएका छन् ।
जर्मनी चार, फिनल्याण्ड चार, साईप्रस तीन, न्युजिल्याण्डमा तीन जना नेपाली संक्रमित छन् । माल्टा, हङ्गकंङ्ग, पोल्याण्डमा दुई÷दुई, म्यानमार र फ्रान्समा एक÷एक जना नेपाली कोरोना संक्रमित भएका छन् ।

नेपालीको बसोबास मलेसिया र खाडी मुलुकमा धेरै छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया तथा खाडी मुलुकमा करिब १८ लाख श्रमिक कार्यरत छन् । वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी वैदेशिक रोजगारीमा पुगेको तथ्यांक छ । संघले २४ घन्टे हटलाइन सेवा सुरु गरेर विभिन्न देशबाट सूचना संकलन गर्दैछ ।

संक्रमितमध्ये ३५ प्रतिशत भन्दा बढी नेपाली कोरोना भाइरसबाट निको भएर घर फर्केकोे स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए । पछिल्लो समयमा कोरोना भाइरसको सक्रमण फैलने क्रम बढेको भन्दै उनले यसबाट बच्न उच्च सतर्कता अपनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.