११ दिने शिशुसहित १४ जना धुलिखेल अस्पतालको आइसोलेशनमा

११ दिने शिशुसहित १४ जना धुलिखेल अस्पतालको आइसोलेशनमा

काभ्रे : कोरोनाभाइरसका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको ११ दिने शिशुसहित १४ जनालाई धुलिखेल अस्पतालको आइसोलेशनमा राखिएको छ ।

मृतक महिलाको श्रीमान, ११ दिने शिशु, मृतकको आमा र बहिनीलाई पनि अस्पतालका चिकित्सकहरुको निगरानीमा आइसोलेशनमा राखिएको धुलिखेल अस्पतालका डा. सुमन ताम्राकारले जानकारी दिए ।

मृतक महिलाको उपचारमा खटिएका डक्टरहरुको टीम १० जनालाई पनि धुलिखेल अस्पतालकै आइसोलेशनमा राखिएको डा. ताम्राकारले बताए । कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको ११ दिने नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. ताम्राकारले जानकारी दिए ।

अस्पतालको आकस्मिक कक्षमा किटाणु रहित गर्नका लागि शनिबार बिहान ११ बजेदेखि आइतबार ८ बजेसम्म अस्पताल परिसरमा आवतजावत बन्द गरिए पनि अहिले आकस्मिक सेवा सुचारु रहेको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.