धनुषामा कोरोना संक्रमण पत्रकारको सम्पर्कमा आएकाको स्वाब संकलन

धनुषामा  कोरोना संक्रमण पत्रकारको सम्पर्कमा आएकाको स्वाब संकलन

जनकपुरधाम : धनुषामा कोरोना (कोभिड-१९) संक्रमण भेटिएका एक पत्रकारको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरिएको छ।  गत बिहीबार धनुषाको जनकपुरधाम उप-महानगरपालिका भित्र कोरोना संक्रमण भेटिएका पत्रकार र पसल व्यवसायीको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरिएको हो।

विश्व कोरोना (कोभिड-१९) को महामारीबाट गुज्रिरहेको अवस्थामा अग्रपंक्तिमा रही काम गर्ने क्रममा पत्रकारमा संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङको आधारमा ३० जनाको स्वाब परीक्षण गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले जानकारी दिए। 

नेपाल पत्रकार महासंघ धनुषाको आयोजना तथा नेपाली सेना महेन्द्रनगर रणभिम गणको सहयोग तथा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले कन्ट्रयाक्ट ट्रेसिङबाट आएका ३० जनाको स्वाब परीक्षण गरेको हो। 

संक्रमित व्यक्तिको सम्पर्कमा आएकार घरपरिवार, कार्यरत टेलिभिजन तथा पत्रकार महासंघको सम्पर्कमा आएकाको थ्रोट र नोजल स्वाब संकलन गरिएको प्रयोगशाला प्रमुख रामविनय साहले जानकारी दिए ।

'महासंघले कोरोना महामारीको समयमा संक्रमणको जोखिम उठाएर जनतालाई सूचनामार्फत सु-सूचित गराउन जुटेको बेला पत्रकारमा संक्रमण देखिएपछि दोहोर्‍याएर परीक्षण गराउनु परेको जनस्वास्थ्य वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए ।     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.