दीर्घ रोगीलाई शहिद नगरपालिकाको निःशुल्क औषधि

दीर्घ रोगीलाई शहिद नगरपालिकाको निःशुल्क औषधि

जनकपुरधाम : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको सम्भावित उच्च जोखिममा रहेका दीर्घ रोगीलाई  शहिदनगर नगरपालिकाले निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ । रोगीका घर-घरमा टोली परिचालन गरेर आइतबारदेखि औषधि वितरण गर्न थालिएको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले बताए । 'लकडाउनको समयमा औषधि किन्न जनकपुर बजारसम्म आवत-जावत गर्न असहज भएपछि नगरपालिकाले दीर्घरोगीलाई औषधिको व्यवस्था गरेको हो ।'

मेयर बरबरियाले भने, 'चिकित्सकको प्रिकेप्सन अनुसार प्रेसर, सुगर, दम, ढाड, नसा र मुटुरोगीले अब घरमै औषधि पाउने छन् ।' दीर्घ रोगीलाई हाल एक महिना (३० दिन) लागि पुग्ने गरी औषधि वितरण भइरहेको छ । लकडाउन लम्बिन सक्ने सम्भावना देखेपछि दीर्घरोगीका लागि तीन महिनालाई पुग्ने गरी औषधि गोदाम गरिएको मेयर बरबरियाले जानकारी दिए । 'औषधि सकिएपछि पुनः घरमै उपलब्ध गराउने गरी व्यवस्थापन गरेका छौँ,' उनले भने । 

नगरपालिकाले औषधि पाउनेको सूचीमा तत्काललाई सय बिरामीलाई समेटेको छ । यो संख्या बढेर डेढ सयसम्म पुग्न सक्ने नगरपालिकाको अनुमान छ । यसअघि नगरपालिकाले कारोनाको लक्षणसंग मिल्ने रुघाखोकी र ज्वरो जाँच्न गाउँ-गाउँमा स्वास्थ्य अभियान नै चलाएको थियो । सो क्रममा औषधिसहित चिकित्सकको टोली नगरपालिकामा घुमेर घरमा पुगेर सेवा दिएको थियो ।

स्वास्थ्य अभियानकै क्रममा ठूलो संख्याका दीर्घरोगी भेटिएपछि निःशुल्क औषधि वितरण गर्न नगरपालिकाले विशेष निर्णय गरेको मेयर बररियाले जानकारी दिए ।'कतिपय दीर्घरोगीको औषधि सकिएको र धेरैले महंगो मुल्यका कारण बीचमै औषधि छोडेको पाइएपछि यो निर्णय लिएका थियौं,' उनले भने । 

उनका अनुसार कोरोना भाइरसको संक्रमणले दीर्घरोगीलाई बढी असर गर्ने बुझेपछि उनीहरुका लागि औषधि जोहो गर्नुपरेको उनको भनाइ छ ।  नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर झाका अनुसार सुगर, प्रेसर, दम, मुटु, नसा लगायत रोगका औषधि सरकारले निःशुल्क वितरण गर्ने सूचीमा पर्दैन । यस्ता औषधि महंगो समेत पर्छन् । त्यसैले किन्नु पर्दा दीर्घरोगीले बीचमै औषधि छोड्ने र रोग पालेर बस्ने गरेको समस्यालाई मध्यनजर गर्दै औषधि वितरण अभियान चलाईएको जानकारी दिए ।

नगरपालिकामा एउटै दीर्घरोगीले मासिक ५ हजार रुपैयाँसम्मको औषधि सेवन गर्ने गरेको पाइएको उनले जानकारी दिए । अर्को आर्थिक वर्षपछि नगरपालिकाले दीर्घरोगीलाई निः शुल्क निरन्तर औषधि वितरण गर्ने योजना अघि सार्ने रणनीति समेत अपनाएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.