अछाममा १२ सय ७० जनाको कोरोना परीक्षण

अछाममा १२ सय ७० जनाको कोरोना परीक्षण

अछाम : अछाममा १ हजार २ सय ७० जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । हालसम्म जिल्लामा २सय ६९ जनाको पीसीआर र १ हजार एक जनाको  र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मार्फत कोरोना परीक्षण गरिएको हो। 

पीसीआर गरिएकामध्ये २ सय ६३ जनाको रिर्पोट नेगेटिभ आएको र बाँकी ३ जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । 

आरडीटी गरिएकोमा एक हजारको रिर्पोट नेगेटिभ आएको र एकजनाको पोजिटिभ देखाएपछि पीसीआर गरिएकोमा रिर्पोट नेगेटिभ आएको थियो ।  जोशीका अनुसार जिल्लामा आरडीटीका लागि किट अभावका कारण केही दिन परीक्षण कार्य राकिएको थियो । आइतबार आइतबार मात्र प्रदेशबाट २ सय ४० किट आइपुगेको उनले जानकारी दिए ।

क्वारेन्टाइमा बसेकाको परीक्षण गर्न तत्काल आवश्यक रहेकाले जुन स्थानीय तहमा क्वारेन्टाइनमा बसेका छन् त्यहाँ परीक्षणका लागि किट पठाएको जोशीले बताए ।  उनले भने, 'यति किट प्रयाप्त हुँदैन, क्वारेन्टाइनमा बसेकाको परीक्षण पहिला गरिने छ सोहीअनुसार सम्बन्धित स्थानीय तहमा किट पठाएको छौं।'

स्थानीय तहरुको तंथाकअनुसार जिल्लामा चैत १ गते यता ३ हजार ३ सय २१ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.