आइसोलेसनमा एक युवाको मृत्यु

आइसोलेसनमा एक युवाको मृत्यु

रोल्पा : रोल्पा नगरपालिका-१ सानो लिबाङका एक युवाको अस्पतालको आइसोलेसनमै रहेको वेला सोमबार दिउँसो मृत्यु भएको छ। लामो समयदेखि मृगौला रोगबाट प्रभावित युवक काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरि फर्किएका हुन्।

२२ वर्षीय युवक मृगौलाको डाइलासिस गराएर गृह जिल्ला फर्काइएको पारिवारिक स्रोतले जनाएको छ। टिचिङ अस्पतालबाट फर्काएका युवकलाई आइतबार राती साढे १० बजे रोल्पा अस्पताल रेउघामा विरामी युवकलाई भर्ना गरिएको थियो। घरमा भन्दा गृह जिल्लाकै अस्पतालमा हेरचाह र उपचार सहज होस् भनेर परिवारले युवकलाई घर नलगेर अस्पताल पुर्‍याएका थिए। युवकलाई आइसोलेसनमा राखिएको थियो। आईसोलेसनमै रहेको वेला युवकको मृत्यु भएको अस्पतालकी डा. धनमाया घर्तीमगरले जानकारी दिईन्।

दुई वर्षयता युवक मृगौला समस्याले थलिएका थिए। पटकपटक डाइलासिस गराउँदै आएका उनको राजधानीको अस्पतालबाट फर्किएपछि मृत्यु भएको हो। मृगौला पीडित भएपनि विभिन्न अस्तालबाट फर्किएकाले आईसोलेसनमा राखेर उपचार थालिएको थियो। आइसोलेसनमै मृत्यु भएकाले कोरोना संक्रमण भए नभएको जाँच गरिने मेडिकल सुपरिटेण्डेट डा. घर्तीमगले वताईन्। अस्पतालमा युवको आरडिटी जाँच गर्दा नेगेटिभ आएको जनाईएको छ। पिसिआर संकलन गरि परिक्षणका लागि पठाउने व्यवस्था मिलाएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

लामो समयदेखि मृगौला पीडित रहेकाले परिवारले शव बुझेर सुरक्षित रुपमा अन्त्यष्टि गर्ने भएका छन्। अस्पतालले मृतक युवकको शव सुरक्षित रुपमा ¥याप गरेर परिवारलाई हस्तान्तरण गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.