लायन्स अध्यक्ष बने खतिवडा
काठमाडौं : अभिनेता सञ्जय खतिवडा लायन्स क्लब काठमाडौं न्यु वेभको अध्यक्षमा निर्वाचित भएका छन्। राजधानीमा सम्पन्न निर्वाचनमा खतिवडाको नेतृत्वमा ३९ सदस्यीय कार्यसमित चयन भएको हो। सन् २०२०–२०२१ को एकवर्षे कार्यकालका लागि उनी निर्वाचित भएका हुन्। अभिनयसँगै सामाजिक कार्यमा सक्रिय खतिवडाले अध्यक्ष पदमा निवार्चित भएसँगै आफूमा अझै सामाजिक जिम्मेवारी थपिएको बताए।सामाजिक कार्यमा सक्रिय संस्था लाइन्स क्लब न्यु वेभले विश्वमा देखिएको कोरोना महामारीले निम्त्याएको मानवीय संकटमा सहयोग पुर्याउँदै आएको छ। बिहान, साँझ छाक टार्न समस्या परेका कलाकार तथा प्राविधिक र उनीहरूका परिवारलाई पनि यसले सहयोग गरेको थियो।
कर्णाली प्रदेशअन्तर्गत डोल्पाको दुनैमा लाइन्स क्लब अफ न्यु वेभले अपांगता भएका असहाय बालबालिकाका लागि सुविधा सम्पन्न विद्यालय भवनको निर्माण सुरु गरेको छ। यसैगरी नेपालको सीमा विवाद समाधान गर्न ‘सिमानामा काँडेतार’ नामक अभियानमा समेत क्लब लागिपरेको नवनिर्वाचित अध्यक्ष खतिवडाले बताए।