सुनसरीका संक्रमितसँगै फर्किएका थिए धरान र विराटनगरका युवा
इटहरी : सुनसरीमा पहिलो पटक कोरोना संक्रमण फेला परेकोछ। गढी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
भारतबाट जोगबनीसम्म आइपुगेका उनलाई गाउँपालिकाले एम्बुलेन्समा ल्याएर क्वारेन्टाइनमा राखेको थियो। त्यसैले अन्यत्र संक्रमण फैलिने सम्भावना कम रहेको जनाइएको छ।
भारतको जोगबनी हुँदै बैशाख ३० गते फर्किएका उनीसँग धरान र विराटनगरका युवासमेत जोगबनीसम्म आएकोले उनीहरुमा पनि कोरोना हुनसक्ने जानकारी ती युवाले दिएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
नेपालमा हालसम्म ३७५ जना कोरोना संक्रमित भएका छन्। त्यस्तै ३६ जना निको भएर घर फर्किएका छन्। हालसम्मा दुई जनाको ज्यान गएको छ।