संक्रमित पत्रकारको परिवारको पिसिआर रिपोर्ट नेगेटिभ

संक्रमित पत्रकारको परिवारको पिसिआर रिपोर्ट नेगेटिभ

जनकपुरधाम : धनुषामा पत्रकार र पुस्तक व्यवसायीमा भेटिएको कोरोना संक्रमित व्यक्तिको परिवारको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । जनकपुरधाम उप–महानगरपालिकाका एक पत्रकार र एक पुस्तक व्यवसायीमा संक्रमण भेटिएपछि उनीहरुको परिवारका सबै सदस्यको पनि पिसिआर परीक्षण गरिएको थियो । सो परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रशासनक विजय झाले जानकारी दिए ।

गत हप्ताको बिहीबार संक्रमित पत्रकार र पुस्तक व्यवसायीको कन्ट्याक ट्रेसिङ्गको आधारमा घर परिवारका  ९ जनाको स्वाब संकलन गरी परिक्षणका लागि काठमाडौं पठाइएको थियो ।   

यसैगरी संक्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य ३० जनाको पिसिआर थ्रोट र नोजल स्वाब सोमबार संकलन गरी परीक्षणका पठाइए पनि रिपोर्ट आउन नसकेको नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले जानकारी दिए । संक्रमितका परिवारका सदस्यलाई जनकपुरधाम ७ स्थित वडाको क्वारेन्टाइनबाट घर पठाउने तयारी गरिएको वडा अध्यक्ष जानकीराम साहले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.