शिल्पाका १.७३ करोड फलोअर्स
मुम्बई : बलिउड अभिनेत्री शिल्पा शेट्टी अहिले सोसल मिडियामा उधुम मच्चाइरहेकी छन्। उनका टिकटक भिडियो छाइरहेका छन् र यसलाई फ्यानले निकै मन पराएका छन्। शिल्पाले रमाइला र सेक्सी भिडियो बनाएर टिकटकको दुनियाँमा शीर्ष ५०औं स्थान ओगटेकी छन्।
शिल्पाले टिकटकमा आफ्ना १.७३ करोड फलोअर्स जम्मा पारेकी छन्। विश्वस्तरमा उनको अकाउन्ट शीर्ष ५० मा सामेल छ। उनको साथमा हलिउड हस्ती द रक (२.४२ करोड), विल स्मिथ (२.३१ करोड), सेलेना गोमेज (१.८४ करोड) फलोअर्स रहेका छन्।
यसबारे शिल्पाले भनिन्, ‘हामी सबै एक असामान्य र अजिब स्थितिमा छौं। भाइरसको अलावा अन्य थोरै धेरै कुरा यस्ता छन् पोजेटिभ छन्। यो संकटको बीचमा केही राहत होस् भनेर मैले भिडियोबाट आफैंलाई मनोरञ्जन गराउने फैसला गरेँ। यतिसम्म कि पतिलाई पनि यसमा सामेल गराएँ। मैले उनैलाई बलिको बोको बनाएँ किनकि यो लकडाउनमा मैले फेला पार्ने एक मात्र अभिनेता उनै थिए।’ शिल्पाका फन्नी टिकटक भिडियो दर्शकले निकै मन पराए। कयांै पटक शिल्पाले छोरो विवान, पति राज कुन्द्रा र बहिनी समितासँग भिडियो बनाएकी छन्।