फेदीखोलामा विदेशबाट फर्कनेलाई ५ लाख ऋण दिइने

फेदीखोलामा विदेशबाट फर्कनेलाई ५ लाख ऋण दिइने

पोखरा : रोजगारीका लागि विदेश पुगेकामध्ये थुप्रै अहिले स्वदेश फर्कन आतुर छन्। कोरोना भाइरसको महामारी फैलिँदा विदेशको रोजगारी पनि धरापमा परेपछि त्यसरी फर्कन चाहने के कति छन्, नेपाल सरकारले भन्न सकेको छैन्। अझ फर्कन चाहनेलाई ल्याउन नसकिने बताइरहेको छ। फर्किनेहरुलाई के कसरी रोजगारी उपलब्ध गराउने भन्ने पनि सरकारले तयारी गरेको छैन्।

स्याङ्जाको गाउँपालिका फेदीखोलाले भने आफ्नो सके जति सहयोग गर्ने तयारी गरिसकेको छ। आफ्नो गाउँका कति विदेशबाट फर्कन चाहन्छन् भन्ने यकिन गरी उनीहरुलाई स्वरोजगार बनाउने तयारीमा फेदीखोला छ। मात्रै गाउँपालिका ती व्यक्ति स्वदेश फर्कने पर्खाइमा मात्रै छ। त्यस्तो तयारी फेदीखोलाले कोरोना भाइरस डिजिज (कोभिड १९) को महामारी रोक्न लकडाउन सुरु भएदेखि नै गरेको हो। फेदीखोलाका अध्यक्ष घनश्याम सुवेदी भन्छन्, ‘हामीले एउटा एप्स बनाएका छौं, गाउँ फर्कन चाहनेले त्यहाँ आवेदन भरेका छन्।’ विदेशबाट फर्केकालाई कृषि, पशुपालन र साना उद्योगमा लगाइने जानकारी सुवेदीले दिए। 
अहिलेसम्म ४ सय २४ जनाले गाउँपालिकाको एपमा आवेदन गरी आफू फर्केर गाउँमै केही गर्न चाहेको बताएका छन्। ती सबैले विदेशमा रोजगारी गुमाएको र स्वदेश फर्कन चाहेको तर नपाएको अध्यक्ष सुवेदीले जनाए। ‘विदेशबाट फर्कनेलाई कृषि, पशुपालन र कुटिर उद्योग गर्न प्रोत्साहन गर्ने गरी बजेट राखेका छौं’, उनले भने।

उनकै भनाइमा पालिकाले यो योजनाका लागि २ करोड रुपैयाँ छुट्याएको छ। युवालाई सामूहिक जमानीमा बिना धितो रकम उपलब्ध गराउने सुवेदीले सुनाए। ‘एउटा समूहलाई ५ लाख रुपैयाँ बिनाधितो ऋण उपलब्ध गराउने हो’, उनले भने, ‘ऋण ५ वर्षभित्र चुक्ता गर्नुपर्ने हुन्छ।’ यस्तो योजनालाई गाउँपालिकाले युवा रोजगार बैंक नाम दिएको छ। यो योजनामा अहिलेसम्म १ दर्जन समूहले ६० लाख रुपैयाँ ऋण लिइसकेको अध्यक्ष सुवेदीले जानकारी दिए। फेदीखोलाले गाउँकै बाँझो जमिनमा खेतीका लागि प्रोत्साहन गर्ने योजना पनि ल्याएको छ। बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने उसको योजना हो। अध्यक्ष सुवेदीका अनुसार गाउँपालिकाभर अहिले २ हजार ७ सय रोपनी जमिन बाँझो छ। पहिलो चरणमा हजार रोपनीमा खेती गर्न प्रोत्साहन गर्ने गाउँपालिकाले योजना ल्याइसकेको छ। अध्यक्ष सुवेदी भन्छन्, ‘२ वर्षदेखि बाँझो जमिनमा धानखेती गर्नेलाई प्रति रोपनी ४ हजार रुपैयाँ अनुदान दिने भएका छौं, कोदोखेती गर्नेलाई प्रतिरोपनी २ हजार रुपैयाँ दिन्छौं।’ दलहन खेती गर्नेलाई २५ सय रुपैयाँ अनुदान दिने पनि सुवेदीले सुनाए।

बाँझो जमिन भाडामा लिएर खेती गर्नेलाई फेदीखोलाले ५ हजार रुपैयाँ अनुदान दिने भएको छ। अनुदानका लागि सबै प्रक्रियाको नियमसमेत गाउँपालिकाले बनाइसकेको छ। बजेटको व्यवस्था आन्तरिक आम्दानी र भूमिकरबाट व्यवस्था गर्ने अध्यक्ष सुवेदीले बताए। ‘गाउँपालिकाले अध्ययन गरेर सम्भव हुने देखेरै यस्ता योजना ल्याएका हौं’, सुवेदीले भने। फेदीखोलाले लकडाउन सुरु भएदेखि नै गाउँको उत्पादन बजारीकरणको चाँजो मिलाउँदै आएको छ। कृषि एम्बुलेन्स चलाएर उसले गाउँलेको उत्पादन बजार पुर्‍याइरहेको  छ। ‘अहिलेसम्म ३ लाख रुपैयाँको कृषि उपज बजार पुर्‍यायौं’, अध्यक्ष सुवेदीले भने। गाउँलेले फलाएको साग, काउली, फर्सी, बन्दा, गोलभेडा, सिमी लगायत गाउँपालिकाले आफ्नै गाडीमा पोखराको बजार पुर्‍याएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.