सीमाबारे अनेरास्ववियूले पठायो मोदीलाई रगतले लेखेको पत्र

सीमाबारे अनेरास्ववियूले पठायो मोदीलाई रगतले लेखेको पत्र

इलाम : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियू इलामले सीमा अतिक्रमणविरुद्ध भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नै रगतले लेखेको पत्र पठाएका छन्। विद्यार्थीहरूले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्ता,महेसपुर, सन्दकपुर, पशुपतिनगरलगायतका भुभाग भारतले अतिक्रमण गरेकोमा आपत्ति प्रकट गर्दै मोदीलाई आफ्नो रगतले लेखिएको पत्र पठाएको अनेरास्ववियूका केन्द्रीय सदस्य रविन्द्र सुवेदीले जानकारी दिए।

भारतीय प्रधानमन्त्री, भारतको परराष्ट्र मन्त्रालय, नेपालस्थित भारतीय दूतावास, र विभिन्न कुटनीतिक नियोगमा इमेलमार्फत पत्र पठाएको सुवेदीले जानकारी दिए। विद्यार्थीहरुले पत्रमा लेखेका छन् ‘प्रधानमन्त्री ज्यू हामी नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ होस भन्ने चाहन्छौ तर भारतले पटक पटक सीमा मिच्नुले विस्तारवादी नीति प्रष्ट हुन्छ।’ उनीहरुले नेपाली युवाहरुको तातो रगतले लेखेका पत्रको जनाउँ दिदै मिचिएको भूमि फिर्ता गर्न भनेका छन्। पत्रमा इलामका नौ युवाले हस्ताक्षर गरेका छन्।

यस अघि इलाम र पाँचथरका नेपाल विद्यार्थी संघले भारतले हस्तक्षेप गरेको इलाम र पाँचथरको सीमानामा रहेको आहाल गैरीमा पुगेर नेपालको झण्डा गाड्दै सीमा अतिक्रमणको विरोध गरेका थिए।

भारतीयको विकासमा अवरोध 
भारतले सीमानामा संयुक्त सर्वे टोलीले सीमा निधारण नगरे सम्म काम नगर्न दबाब दिएपछि इलामको माईजोगमाई–२ को तुम्लिङ र पाँचथरको फालेलुङ गाउँपालिका ६ र इलामको सन्दकपुर गाउँपालिका २ को आहाल गैरीका दुई योजना रोकिएका छन्। निर्माण शुरु गरेपछि भारतीय पक्षले काम अवरुद्ध गरेको पछि स्थानीय आक्रोसित भएका छन्।  तुम्लङिमा बन्न लागेको पर्यटकीय उद्यानको काम शुरु भएपछि रोकीएको जोगमाई गाउँपालिकाका अध्यक्ष  जितबहादुर राईले जानकारी दिए। प्रदेश सरकारको दश लाख रुपयाँ लगानीमा योजना शुर भएको थियो।

आहाल गैरीमा डिभिजन वन कार्यालय पाँचथरले बनाउन लागेको संग्राहलयको काम रोकिएको फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताए। १० लाखको लागतमा बन्न लागेको संरचना दशगजामा परेको भन्दै संरचना नबनाउन दबाब दिएको केरुङले बताए। केरुङले भने ‘भारतीय एसएसबीका जवानले बनाए भत्काइदिने भनेपछि अहिले काम रोकिएको छ।’ उनले दुई दुई किलोमिटरमा बसेका भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले सिमानामा बनाएको बाटोमा हिड्दासमेत दु:ख दिने गरेको गुनासो गरे। उनले भने ‘सिमानाका स्थानीयलाई दबाब छ, स्थानीयहरुले सिमानाका पिलरसमेत रातारात सार्ने गरेको सुनाउँछन्। नेपालतर्फ सीमा सुरक्षा पोष्ट नै छैन।’उनले जिल्लाका हरेक बैठकमा सीमा क्षेत्रमा सुरक्षा पोष्ट राख्न भने पनि कार्यान्वायन नभएको बताए।

सिमानामा बस्ने नागरिकले दैनिक भारतीय पक्षको ज्यादती भोगेको गुनासो गरे पनि नेपाल पक्षका कतिपय जनप्रतिनिधिले भने कुटनीतिक समस्या भन्दै वास्ता नगरेको स्थानीयको गुनासो छ। फालेलुङसँग जोडिएको इलामको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बिवादित भनिएको क्षेत्रमा भारतले अन्याय नगरेको बताए। उनले भने ‘दशगजामै काम हुन लागेकाले रोकिएको हो।’नेपालका दुई स्थानीय तहकै ‘अगुवा’को कुरा नमिलेपछि भारतले ‘खेलेको’ बताउँछन् शनिबार बिवादित क्षेत्रमा नेपालको झण्डा गाडेर फर्केका नेपाल विद्यार्थी संघ इलामका नेता प्रज्वल भट्टराईले बताए।

भारतको सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्त सीमा टोलीले सीमानाको टुगो नलगाएसम्म काम अघि नबढाउन दबाब दिएको माइजोगमाई गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिए। प्रदेश सरकारको १० लाख लगानीमा गत बैशाखमा काम शुरु भएको राइले जानकारी दिए। सन्दकपुर–मानेभञ्ज्याङ पर्यटकीय क्षेत्रमा पर्ने तुम्लिङ क्षेत्रमा सो उद्यान निर्माणको काम शुरु गरिएको थियो।

पछिल्लो समयमा भारतीय पक्षले आफ्ना निर्माण कार्य रोकेपछि नेपाली भुमिमा समेत काम गर्न अवरोध गर्दै आएको छ। इलामको सन्दकपुरमा भने सिमानाबाट ३० मिटर छोडेर अतिथि गृह बनाउन दिने सहमति भएको जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले बताए। २ करोड ५३ लाखको योजनाको काम सुरु भएको बरालले बताए। यो एउटा योजनाबाहेक इलामको रोङ गाउँपालिकाको लोहागडदेखि सन्दकपुर सम्मको ५२ किलोमिटर नेपाल भारत सीमा क्षेत्रमा पछिलो एक वर्षमा भारतीय पक्षले निरन्तर नेपालतर्फको विकास निर्माणमा अवरोध गर्दै आएको छ।

प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रम अन्तर्गत छुट्याएको रकमवाट सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडामा करिब एक करोड रुपैयाँ बराबरको पूर्वाधारको काम पोहोरदेखि नै अलपत्र छ। भारतले संयुक्त सर्वे टोली नल्याएसम्म काम गर्न नदिने अडान राखेपछि काम रोकिएको हो। इलामको नेपाल भारत सीमा क्षेत्रमा एउटा जंगे पिलर, १३ वटा मध्यम पिलर र २५ वटा साना पिलर हराएको सशस्त्रको विवरणमा उल्लेख छ। इतिहासविद् युद्धप्रसाद बैद्यका अनुसार सन्दकपुरको १० नम्बर सीमास्तम्भसँगै मानेभञ्ज्याङ, पशुपतिनगर, हिले, गुफापाताल, छब्बिसेमा विवाद रहेको छ।

विद्यार्थीले पठाएको रगतले लेखिएको पत्र । तस्बिर : तोयनाथ भट्टराई 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.