अछाममा १४ जनाको रिपोर्ट नेगेटिभ
अछाम : अछामका १४ जनाको कोरोना भाइरस(कोभिड–१९)को आशंका स्वाब परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। मंगलबार वयलपाटा अस्पतालबाट २ र तुर्माखाद गाउँपालिबाट १२ जनाको स्वाब संकलन गरिएको थियो।
बान्नीगढी गाउँपालिकामा एक जनामा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएको थियो भने साँफेबगर नगरपालिका एक जना र तुर्माखाद गाउँपालिका गरि १२ जनाको कोरोनाको आशंकामा परिक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाईएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुगानाले जानकाी दिए।
कोरोना भाइरसका कारण नेपालगञ्जमा युवकको मृत्यु भएपछि रहफका १२ जना नागरिकसमेत सँगै थिए भने अपुष्ट खबर आएपछि परिक्षण गरिएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताए।