भारतबाट नेपाल प्रवेश गरेका नागरिक आफ्नै जिल्ला पठाइने
झापा : सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भारतीय सीमामा अलपत्र परेका नागरिकलाई झापा जिल्ला प्रशासनले सम्बन्धित जिल्लामै पठाउने निर्णय गरेको छ।
दुई देशका सुरक्षाकर्मीको सहयोगमा नेपाल आएकालाई झापा प्रशासनले सम्बन्धित जिल्लामा पठाउने भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईका अनुसार ६६ जिल्लाका ६०८ जना नागरिकलाई सम्बन्धित जिल्लामा पठाउने निर्णय भएको छ।
‘उनिहरुलाई आजैदेखि पठाइनेछ। जिल्लामा संक्रमण बढ्ने क्रममा रहेकाले एउटै होल्डिङ सेन्टरमा राखिदा झनै संक्रमण बढ्ने डर भयो’, उनले भने, ‘सम्बन्धित जिल्लामा पठाउँदा थोरै हुन्छन् र सहज व्यवस्थापन हुन्छ।’
राईका अनुसार एउटा जिल्लाले मात्र थेग्न सम्भव नभएपछि यस्तो निर्णय भएको हो। भारतबाट आएकाको नाम ठेगाना अनुसार उनीहरुकै जिल्लामा पठाउने काम बिहीबारबाट सुरु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !
१