सौका समुदायलाई खुल्यो नाका

सौका समुदायलाई खुल्यो नाका

 दार्चुला : वर्षको आधा समय सदरमुकाम र आधा समय ब्यास जाने दार्चुलाका सौका समुदायका लागि सीमा नाका खोलिएको छ। उनीहरु गर्मीको बेला ब्यास क्षेत्र जाने र अत्यधिक हिमपात पर्ने बेला सदरमुकाम झर्ने गर्छन्। उनीहरुको यस्तो बसाइँसराईलाई सौकाको भाषामा कुञ्जा सर्ने भनिन्छ।

धरै लामो प्रयासपछि व्यासी सौका समुदायका लागि बिहीबार सीमा नाका खुला गरिएको हो। ब्यास गाउँपालिका १ का ब्यासी सौका समुदायलाई ब्यास जान सजिलोका लागि र सीमामा रोकिएका नेपालीहरुका लागि सीमा नाका खोलिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।

बैशाख दोस्रो सातासम्म (कुञ्चा) सरिसक्ने ब्यासी सौका समुदाय यो वर्ष लकडाउनका कारण वर्ष ढिलो भएको छ। ब्यास जान उनीहरुले भारतको बाटो प्रयोग गर्नुपर्छ। भारतको बाटो प्रयोग गर्नुपर्ने अनि लकडाउनका कारण सीमा नाका बन्द भएकाले बसाइँ सर्न नसकिएको वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए। उनले भने ‘नेपालकै बाटो भएर ब्याससम्म जान सकिने घोरेटो बाटोसमेत नहुदा सौका समुदाय समस्यामा परेको हो।’ उच्च हिमाली क्षेत्रमा बस्ने झुपु, घोडा, खच्चर, चौरीगाईसमेत सदरमुकाममै भएकाले पशुचौपाया मर्न थालेको भन्दै उनीहरु चिन्तित छन्।

व्यासी सौकाहरुको १ सय ७२ जनाको परिवार र २ सय ६५ पशु चौपाया बिहीबार दार्चुला सदरमुकाम भएर छाङरुका लागि हिडेका छन। ६ महिना सदरमुकाम बस्ने उनीहरु हबाँकी ६ महिना व्यासमा बस्छन्। ‘व्यासमा बस्नका लागि ६ महिना खाद्यान्नको जोहो गरेर पनि लैजानुपर्छ’ व्यास गाउँपालिका १ तिङकरका स्थानीय नबेन्द्र तिङरीले भने। बिहीबार बिहान ९ बजेतिर नाका खोलेर सौकाहरुलाई प्रवेश गर्न दिइएको हो।

भारतको बाटो भएर ब्यास जान सहयोग गर्न भारतको धारचुलाका विधायक हरिश धामी, उप–जिल्लाअधिकारी अनिलकुमार शुक्लाको टोली नेपाली भूभाग तर्फ पुगेको थियो। सौका समुदायसँगै भारतीय कब्जामा रहेको नाभीका स्थानीय पनि गएका छन्। नाभी अहिले भारतीय क्षेत्रमा परेको दाबी गरिदै आएको छ। यस्तै दार्चुलामा रोखिएका ३० जना भारतीय नागरिक पनि आफ्नो देश प्रवेश गरेका छन भने भारतीय क्षेत्रमा रोकिएका दुई सय नेपाली पनि स्वदेश आएका छन्। दुई हप्तादेखि भारतको क्वारेन्टाइमा बसेका दार्चुला विभिन्न स्थानीय तहका २ जना स्वदेश आएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.