भारतबाट अछाममा एकैदिन भित्रिए १८० जना

भारतबाट अछाममा एकैदिन भित्रिए १८० जना

अछाम : भारतबाट अछाममा शुक्रबार एकैदिन १ सय ८० जना भित्रिएका छन्। रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका नागरिकलाई सीमा नाका गौरीफन्टा सम्म पुगेका र अछामसम्म प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय अछाम र स्थानीय तहको पहलमा जिल्ला भित्रिएका हुन्।

अछाम र डोटी सिमाना चौखुट्टेबाट भित्रिएका सबैलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर पठाइएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेले जानकारी दिए। जिल्लाको साँफेबगर नगरपालिकामा ३४ जना भित्रिएका छन्। नगर प्रमुख कुलबहादुर कुँवरले चौखुट्टेबाट ४६ जनाको विवरण आएको भएपनी अहिलेसम्म ३४ जना मात्र सम्पर्कमा आएको र १२ जनाको खोजी भइरहेको बताए।

यसैगरी शुक्रबार चौरपाटी गाउँपालिकामा ३०,मेल्लेख गाउँपालिकाका ८८ जना, तुर्माखाँद गाउँपालिकामा १२, ढकारी गाउँपालिका ३, बान्नीगढी जयगढ गाउँपालिकामा ८, मंगलसेन नगरपालिकामा २, पञ्चदेवल बिनायक नगरपालिकामा १,रामारोशन २ जना भित्रिएका चौखुट्टे प्रहरी चौकीले जानकारी दिएको छ। प्रदेशबाट नै स्पष्ट तंथाक नआउँदा र आउने व्यक्तिले समेत सहि जानकारी नदिँदा समस्या हुने गरेको चौखुट्टे प्रहरी चौकी ईञ्चार्ज गणेशबहादुर सिहंले बताए। उनले भने ‘स्थानीय तहमा पुगेपछि मात्र एकिन तथाक थाहा हुन थाल्यो, चौखुट्टे नाकामा सोधपुछ गर्दा धेरैले सहि ठेगाना नभनेका कारण समस्या कुन स्थानीयतहका कति भन्न गाहे छ।’

मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले आज मात्रै ८८ जना आएका र भोली ९० जना गाउँपालिकामा पुग्ने बताए। उनले सबैलाई सम्बन्धीत वडाको क्वारेन्टाईनमा राखिएको बताए। जिल्लामा संक्रमणको खतरा बढ्दै जादा स्थानीयहरुका लापरबाहि देखिन थालेका स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुगानाले बताए। उनले भने ‘सुरुमा नेपालमा कसैमा पनी सक्रमण देखिएको थिएन त्यति बेला सबैले सुरक्षाका सबै उपाय अपनाएको देखियो तर अहिले धेरै मास्क नै लगाउन छोडेका छन् , भिडभाड,समुह बनाएर घुमफिर गर्ने क्रमम पनी धेरै बढेको देखिएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.