कोरोनाले मृत्यु भएकी महिलाका शिशु, आमा र श्रीमान डिस्चार्ज (तस्बिरसहित)

कोरोनाले मृत्यु भएकी महिलाका शिशु, आमा र श्रीमान डिस्चार्ज (तस्बिरसहित)

काभ्रे : कोरोना भाइरस (कोभिड-१९) का कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाका शिशु, आमा र उनका श्रीमान ६ दिनपछि डिस्चार्ज भएका छन्।  जेठ ४ गते ११ दिने शिशुसहित आइसोलेसनमा राखिएका आमा, श्रीमान र शिशुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको हो। 

सुत्केरीको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपछि ६ दिनअघि  महिलाका श्रीमान, ११ दिने शिशु, मृतककी आमा र बहिनीलाई अस्पतालका चिकित्सकको निगरानीमा आइसोलेशनमा राखिएको थियो। बालकको दुई पटक भएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो। उनीहरु शुक्रबार डिस्चार्ज भएको र अब १४ दिन घरकै क्वारेन्टाइनमा बसेपछि पीसीआर परीक्षण गरिने धुलिखेल अस्पतालका डा. सुमन ताम्राकारले जानकारी दिए।

मृतक महिलाको उपचारमा खटिएका डक्टरहरुको टीम १० जनालाई पनि धुलिखेल अस्पतालकै आइसोलेसनमा राखिएको थियो।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले पहिलो मृत्यु भएको हो । वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उनी २४ गते नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी थिइन् । घर पुगेपछि ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि समेत विभिन्न शारीरिक समस्या आएपछि थप उपचारका लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा उनको जेठ १ गते बाटोमा मृत्यु भएको थियो । 

उनको आरडीटी र पीसीआर दुवै विधिबाट भएको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएकाले उनको मृत्यु कोरोनाकै कारण भएको मन्त्रालयले पुष्टि गरेको थियो । २०७६ माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको नेपालमा कोरोनाले पहिलो उनको मृत्यु भएको थियो । अहिले नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या  तीन पुगेको छ । कोरोना पोजिटिभ हुनेको संख्या ५०७ पुग्दा ७० डिस्चार्ज भएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.