मृतक युवकको कोरोना रिपोर्ट नेगेटिभ

मृतक युवकको कोरोना रिपोर्ट नेगेटिभ

सुर्खेत : कोरोना भाइरस संक्रमणले मृत्यु आशंका गरिएका एक युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। जुम्ला हिमा गाउँपालिकाका-२ ओदी गाउँका ३८ वर्षीय एक युवक मृत्यु भएपछि उनलाई कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको थियो। तर मृतकसहित उनको पाँच जना परिवारको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पीसीआर परीक्षणमा पाँचै जना परिवारको रिपोर्ट नेगेटिभ आएपछि गाउँमा त्रास घटेको छ। गाउँमा युवकलाई कोरोना संक्रमणले मृत्यु भएको हल्ला चलेपछि छिमेकी गाउँहरुमा समेत त्रास फैलिएको थियो। मृतकको पाँच जना घरपरिवारलाई ज्वरो आउने, कपाल दुख्ने भएपछि गाउँलेले कोरोना संक्रमणको आशंका गरेका थिए।

जुम्लाका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार आशंकाको आधारमा गाउँमा युवकको कोरोनाले मृत्यु भएको खबर आएपछि गाउँमै पुगेर स्वाब संकलन गरी ल्याईएको थियो। तर मृतकसहित उनका दुई छोरी, एक छोरा र श्रीमतीको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको हो। ‘मृतक युवकको परिस्थीति बुझ्दा उनी घरबाट कतै नगएको देखियो। तर गाउँमा भारतबाट आएका व्यक्तिहरु धेरै भएकाले कोरोना संक्रमणले मृत्यु भएको हो की? भन्ने आशंका फैलिएको रहेछ’ उनले भने, ‘तर स्वाब परीक्षण गर्दा कोरोना नभई आफै कालगतिले मृत्यु भएको पुष्टि भयो।’

हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन रावतले कोरोना भाइरसको जस्तो लक्षण देखिएपछि आशंका गरिए पनि कोरोना संक्रमण नभएको बताए। लकडाउन अवधिभर भारत तथा तेस्रो मुलुकबाट ११ हजार तीन सय ८८ जना नागरिक जुम्ला भित्रिएका छन्। यसमध्ये ४४ जना हाल क्वारेन्टाइनमा बसेका छन्। भने एकहजार दुईसय ७७ जना १४ दिनको क्वारेन्टाइन बसाँइपछि घर फर्किएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसअघि आरडीटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ।

२७ सय ५५ को पीसीआर परीक्षण
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २७ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म पीसीआर परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ। कर्णालीका जुम्ला, मुगु, हुम्ला र कालिकोटबाट विभिन्न मितिमा संकलन गरेर परीक्षण गरिएका २७ सय ५५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावतले बताए।

उनका अनुसार प्रतिष्ठानमा शुक्रबारसम्म संकलित ती स्वाबको पीसीआर परिक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको हो। जिल्ला भित्रिने क्रम बढ्दै गएपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब संकलन गर्ने कार्यलाई प्रतिष्ठानले तीव्रता दिइएको छ। प्रतिष्ठानमै चारसय २४, कालिकोटबाट ६ सय ९५, मुगुबाट तीनसय ५१, जुम्लाबाट सातसय ८९, नेपाली सेना ७० जना, हुम्लाबाट चारसय आठ र १८ जना पत्रकारको स्वाब संकलन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.