र्यापिड टेस्ट किट र भिटिएमको अभाव
बाजुरा : बाजुरा जिल्लामा भारतबाट आउनेको संख्या बढेसँगै बाजुरामा आरडिटि र भिटिएमको अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। शनिबार मात्र आएका ४४ जनाको परिक्षणका लागि पनि आरडिटी परिक्षण गर्ने किट र भिटिएमको अभाव भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन्।
लकडाउनको ६१ औँ दिन पुगेसंगै भारतमा काम गर्दै आएका बाजुराका नागरिकको आउने क्रम बढिरहेको र यता जिल्लामा र्यापिड टेस्ट किट र भिटीएमका अभाव भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तको भनाई रहेको छ। भारतबाट आउनेहरुसँगै जिल्लामा संक्रमणको जोखिम पनि बढिरहेकोले अनिवार्य चेक जाच गर्नु पर्ने तर जिल्लामा किटको सुन्यतामा गएकोले निकै समस्या उत्पन्न भएको पन्तको भनाई रहेको छ। शुक्रबार ४३ जना र शनिबार २६ जना मजदुर भारतको बिभिन्न शहरबाट बाजुरा भित्रिएका छन्। कसरी चेकजाँच गर्ने भन्ने बिषयमा आफुले समस्य हुनेभएको पन्तले बताए।
बाजुरामा आएका मध्य सबै भन्दा बढि खप्तड छेडेदह गाउँपालिकाका नागरिक रहेका छन। सो गाउँपालिकाका हिजो मात्र २० जना नागरिक रहेका छन्। त्यसै गरी स्वामिकार्तिक खापर गाउँपालिकाका १५ जना बडिमालिका नगरपालिकाका ६ जना बुढिनन्दा नगरपालकिाका १ र हिमाली गाउँपालिकाका १ जना गरी ४३ जना नागरिक एकै पटक बाजुरा पुगेका छन्