भारतमा रहेका नेपालीलाई आइतबारबाट ल्याउने

भारतमा रहेका नेपालीलाई आइतबारबाट ल्याउने

इलाम : इलामको नेपाल भारत सीमा नाका पशुपतिनगरबाट भोलि (आइतबार)देखि भारतमा रोकिएका नेपालीलाई प्रवेश गराउने तयारी गरिएको छ। आइतबार दिउँसोबाट भारतबाट आउने करिब २ सयलाई प्रवेश गराउने तयारी गरेको सूर्योदय नगरपालिकाका करोना फोकलपर्सन पेमाउगेन लामाले जानकारी दिए।

नाकामा शनिबार भोली आउने नागरिकका लागि प्रवेश गराउने व्यवस्था मिलाइएको छ। उनका अनुसार सुकिया, दार्जिलिङ, मिरिकलगायतका स्थानमा कामका सिलसिलामा पुगेर उतै लकडाउनका कारण रोकिएकालाई नेपाल प्रवेश गराएर सूर्योदय नगरपालिकाको करफोकमा रहेको होल्डीङ एरीयामा राख्ने तयारी गरीएको छ। करफोकमा चार सय जनालाई राख्ने तयारी गरिएको छ।

नेपाल प्रवेश गर्ने सबैको आरडिटि गरिने छ भने प्रदेश नम्बर १ का नागरिकको पीसीआर परिक्षणसमेत गरिने छ। उनीहरुलाई होल्डिङ एरियामा राखेपछि सम्बन्धित जिल्लामा सम्पर्क गरेर पठाउने व्यवस्था गरिने जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए। भारतीय पक्षले उपलव्ध गराएको सूची अनुसार नेपालको दोलखा, रामेछाप, तेह्रथुमलगायतका जिल्लाका नागरिक नेपाल भित्रीन लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.