‘जुनुको जुत्ता’ ले जित्यो अवार्ड

‘जुनुको जुत्ता’ ले जित्यो अवार्ड

काठमाडौं : फिल्म ‘जुनुको जुत्ता’ले ‘लस एन्जल्स इन्टरनेसनल फिल्म फेस्टिभल’ को ‘इन्डी सर्ट फेस्ट’ मा अप्रिल २०२० को ‘बेस्ट चिल्ड्रेन सर्ट अवार्ड’ जितेको छ। यसका साथै फिल्मका निर्देशक केदार  श्रेष्ठले शनिबार यो फिल्मको अन्तर्राष्ट्रिय प्रिमियर ‘इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ जर्मनीमा भएको जानकारी दिएका छन्। विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ को ६६ औं संस्करणमा फिल्म छनोट भएको हो।

विश्वभरबाट आवेदन गरेका साढे ६ हजारभन्दा बढी फिल्मबाट उत्कृष्ट एक सय फिल्म छनोट हुँदा एसियाबाट १९ फिल्म छनोटमा परेका थिए। जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको ‘चिल्ड्रेन्स एन्ड युथ फिल्म कम्पिटिसन’ विधाअन्तर्गत छनोट भएको थियो।

महोत्सवका लागि छनोट भएको एक सय फिल्म, जर्मनी प्रतिस्पर्धा, विशेष प्रदर्शन तथा अन्य विविध विधामा गरी करिब पाँच सय फिल्मको प्रदर्शन गरिनेछ। निर्देशक श्रेष्ठका अनुसार कोरोना महामारीका कारण यसपालिको फिल्म महोत्सव भर्चुअल भर्सनमा सीमित गरिएको छ।

‘सिंगापुर इन्टरनेसनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा पनि ‘जुनुको जुत्ता’ छनोट भएको छ। ‘बिग आइज बिग माइन्डस’ नामले चिनिने यस फेस्टिभलको दसौं संस्करणमा ‘जुनुको जुत्ता’ लाइभ–एक्सन सर्ट फिल्म विधाअन्तर्गत छनोट भएको हो।

‘जुनुको जुत्ता’ फिल्म जुत्ताचप्पल उल्टो लगाउने सानी नानीको कथा हो। आफ्ना आग्रजले ‘सुल्टो’ नलगाउँदा पाएको नमिठो गालीपछि उनले जुत्ता सुल्टो लगाउन गरेको उपायको खोजी फिल्ममा देखाइएको छ। फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा प्रमुख पात्र छन्। त्यस्तै, याङ्जी लामा शेर्पा, पासाङ ल्हामु लामालगायतको अभिनय रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.