अन्तरजातीय प्रेम गरेकै कारण युवाले ज्यान गुमाए : वडाध्यक्षसहित पाँचजना पक्राउ

अन्तरजातीय प्रेम गरेकै कारण युवाले ज्यान गुमाए : वडाध्यक्षसहित पाँचजना पक्राउ

जाजरकोट : अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको हत्या भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको हत्या भएपछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए । उनका अनुसार घटनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी छ।

भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँका २१ वर्षीय नवराज विककी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी १७ वर्षीय सुस्मा मल्ललाई बेहुलीको रुपमा भित्र्याउन शनिबार  १९ जना युवासहित गाउँ पुगेका बेलामा वडाध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको र अन्य ६ जना बेपत्ता भएको प्रहरी निरीक्षक विष्टले बताए । सुस्मालाई लिन नवराज सहितको युवाको समुह सोती पुगेपछि उनका आमाबुवाले गाउँलेलाई बोलाएर आक्रमण गरी लखेटेको प्रहरीले जनाएको  छ ।  पीडितपक्षले भने हत्या गरेर भेरीमा फालिदिएको दावी गरेका छन् ।
 

प्रहरी निरीक्षक विष्टले घटनापछि  जाजरकोटको भेरी नगरपालिका ४ का गणेश विक,  भेरी नगरपालिका ११ का  लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र  पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका टीकाराम सुनार बेपत्ता  भएको बताए । नवराजसहितको युवा समुहलाई  तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरी लखेटेको स्थानीयको भनाइ छ । तर माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विवाहको लागि अस्वीकार गरे पनि जबरजस्ती लान खोज्दा विवाद भएको दावी गरेका छन् । घटनापछि प्रहरी सम्पर्कमा  गएका  १२ जनामध्ये भेरी नगरपालिका वडा नम्बर ४ का सुदीप खड्का गम्भीर घाइते भएको  प्रहरीले जनाएको छ । 
 
मृतक नवराजको  लास जाजरकोट र पश्चिम रुकुमको सिमाना रहेको धल्ला स्थित भेरी नदीको किनारामा भेटिएको प्रहरीले जनाएको छ । नवराजसँगै सोती पुगेका अन्य १२ जना इलाका प्रहरी कार्यालय चौरजहारीमा रहेको र उनीहरुसँग घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए  । घटनापछि बेपत्ता भएका  अन्य ६ जनाको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको सवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।
 
घटना जातीय विभेदका कारणले घटेको भए गम्भीर अपराध  ठहरिने  दलित अधिकारकर्मी बताउँछन् । केटा र केटीको मन मिले जातीय विभेदको नाउँमा कसैले पनि रोक्न नमिल्ने  तर उमेर  नपुगेको  र सहमती नभएको भए पनि भौतिक आक्रमण गरेर ज्यान लिने हर्कत अक्षम्य नहुने दलित अधिकारकर्मी वीरबहादुर विकको भनाइ छ । यस्तो घटनामा संलग्न जो कोहि भए पनि सजायको भागी हुनै पर्ने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.