रोल्पामाआगलागीबाट दुई घर नष्ट :  एकजना घाइते, १३ पशु जले

रोल्पामाआगलागीबाट दुई घर नष्ट :  एकजना घाइते, १३ पशु जले

रोल्पा : रोल्पा नगरपालिका–१ हरिगातिनामा आगालागीबाट दुई घर जलेर नष्ट भएको छ । आगोमा जलेर एक ज्येष्ठ नागरिक घाइते भएका छन् भने १३ पशु चौपायको मृत्यु भएको छ ।

    
आइतबार दिउँसो घरमा आगलागी हुँदा ६२ वर्षीय जीतबहादुर बुढा जलेर घाइते भएका हुन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार बुढाको हात, खुट्टा र शरीरका विभिन्न भागमा जलेर घाइते अवस्थामा उद्दार गरिएको छ । उनलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा पुर्‍याइएको छ । दृष्टिमा केही कमजोर रहेका बुढा भाग्न नसक्दा जलेर घाइते बनेको प्रहरीको अनुमान छ ।
    
जंगलमा लागेको आगोले घर जलाएको बताइएको छ । जीतबहादुर र नेत्रबहादुर बुढाको दुई घर जलेको प्रहरीले जनाएको छ । उनीहरु बाबुछोरा हुन् । आगलागीमा परेर गोरु २, गाई १ र बाख्रा १० वटा जलेर मरेका छन् । घरभित्रका लत्ताकपडा, अन्नपात, भाँडाकुडा सबै जलेर नष्ट भएका छन् ।
    
जंगलमा आगो नियन्त्रणका लागि गाउँले, खड्क दलका नेपाली सेना, सशस्त्र र जनपद प्रहरी खटिएका छन् । प्रनाउ गुरुङका अनुसार घरमा लागेको आगो नियन्त्रणमा आएको छ । जंगलमा कसरी आगो लाग्यो भन्ने खुलेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.