खाना ख्वाउँदै सौन्दर्या

खाना ख्वाउँदै सौन्दर्या

मुम्बई : बलिउड अभिनेत्री सौन्दर्या शर्मा लकडाउनका कारण पछिल्लो दुई महिनादेखि अमेरिकामा अल्झिएकी छन् । लकडाउनमा कोठामा थुनिएर त्यसै बस्नुभन्दा उनले आफू बस्ने अपार्टमेन्ट वरपरका बटुवालाई सहयोग गर्ने मनसुवा बनाइन् । उनी डेरामा आफैं खाना बनाएर पीडितलाई खाना ख्वाइरहेकी छन्।

सौन्दर्या भन्छिन्, ‘लस एन्जलसमा म बसेको घर छेउछाउमा भोकले रन्थनिएका व्यक्ति देखिए । उनीहरू खानाका लागि प्रायः कम्युनिटी सेन्टर या सेल्टर होममा आश्रित थिए। त्यसैले मैले निर्णय गरें कि जति जनालाई सकिन्छ, आफंै घरमा खाना बनाएर ख्वाउँछु।’

सौन्दर्या अगाडि भन्छिन्, ‘कोरोना भाइरसका कारण पूरै विश्व एक परिवारको रूपमा झै बाँधिएको छ । आफ्ना लागि त म त्यसै पनि दिनहुँ खाना बनाउँछु । भोकालाई खाना बनाएर पस्किन निकै सन्तुष्टि मिल्ने रहेछ।’ उनले यस्ता ससाना शक्ति र प्रेरणाले अमेरिकामा आफ्नो एक्लोपन कम भएको बताएकी छन्।

सौन्दर्या आफूलाई व्यस्त राख्न अहिले स्पेनिस भाषा पनि सिक्दै छिन् । सन् २०१७ मा रिलिज भएको उनको ‘राँची डायरिज’ फिल्म निकै रुचाइएको थियो। उनी फिल्मसम्बन्धी थप अध्ययनका लागि लस एन्जलस गएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.