दैलेखमा थप ७ जनामा कोरोना पुष्टि : कर्णालीमा संक्रमितको संख्या ११ पुग्यो

दैलेखमा थप ७ जनामा कोरोना पुष्टि : कर्णालीमा संक्रमितको संख्या ११ पुग्यो

दैलेख : कर्णाली प्रदेशको पहिलो संक्रमित फेला परेको दैलेखमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो सँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ ।   कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार सोमवार थप ७ जनामा कोरोना पुष्टि भएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुगेको हो।

भेरी अस्पताल नेपालगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

डा. तिवारीका अनुसार भेरी अस्पताल नेपालगंज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका ३ का १५ वर्षीय बालक, ६ का १८ वर्षीय किशोर रहेका छन् । यस्तै डुङ्गेश्वर गाउँपालिका १ का २७ र २९ वर्षीय पुरुष र २५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको डा. तिवारीले जानकारी दिए । 

यसअघि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पोजेटिभ देखिएपनि पुःन परीक्षणका लागि भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा पठाउने गरिएको थियो । तर, सोमबारदेखि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतबाट परीक्षण सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.