रौतहटमा सीमाबाट सोझै क्वारेन्टाइन पुर्याइएका २६ जनामा संक्रमण
रौतहट : रौतहटमा सोमबार एकैदिन २६ जना कोराना संक्रमित फेला परेका छन् । जिल्लामा संक्रमितको सख्या ४७ पुगेको छ । तीमध्ये तीन जना निको भएका छन् । राजपुर नपामा २४ जना र इशनाथ नपामा २ जना संक्रमित फेला परेका छन् । उनीहरु सबैजना भारतको विभिन्न स्थानबाट आएका थिए । उनीहरुलाई सीमाबाट सोझै क्वारेन्टाइन लगिएको थियो ।
राजपुरका २४ जनालाई बैरीया स्थित मदरसामा राखिएको थियो भने इशनाथ नपाको विद्यालयमा राखिएको थियो । आइतबार साँझसम्ममा २३ सय ६१ रौतहटमा क्वारेन्टाइनमा बस्नेको सख्या पुगेको छ । रौतहटमा पछिल्ला दिनमा भारतबाट घर आउनेको संख्या बढ्दो छ ।
सुरुमा फेला परेका तीनजना संक्रमित वीरजंगमा उपचारपछि घर फर्किएका छन् । उनीहरु इशनाथ, देवाहीगोनाही र बृन्दावन नपाका थिए । जिल्लाका ८ सय २१ जना क्वारेन्टाइनबाट घर फर्किएका छन् । तीनजना निको भएर घर फर्किएका छन् । संक्रमण भइ गौरमा रहेको आइसोलेसनमा १७ पुरुष र १ महिला बस्दै आएका छन् । रौतहटमा एकहजार सय ७४ जनाको स्वाब संकलन गरीएको छ । रौतहटका १८ वटै स्थानीय तहले कम्तीमा ५ सय बेडको क्वारेन्टाइन बनाउनका लागि गृहकार्य गरिरहेका छन् भने केही स्थानीय तहले निमार्णसमेत गरिरहेका छन् ।